एउटा नोकर धेरैदिन सम्म बादशाह साथमा बस्ने गर्थ्यो , बादशालाई नोकरसित प्रेम बसिसकेको थियो । प्रेम पनि यस्तो कि बादशाहले रातमा पनि नोकरलाई आफ्नै कोठामा सुताउने गर्थ्यो । कुनैपनि काम हुन्थ्यो भने दुवैजनाले साथसाथै गर्थ्यो ।
एकदिन दुबैजना सिकार खेल्नको लागि गए र बाटोमा अलपत्र परे । भोकै प्यासै एउटा रुखको तल पुग्यो । रुखमा एउटा मात्र फल लागेको थियो । बादशाले घोडामाथी चढेर आफ्नो हातले त्यो फल टिप्यो । बादशाहले त्यो फललाई ६ टुक्रा पार्यो र आफ्नो बानी अनुसार पहिला त्यो नोकरलाई दियो ।
नोकरले फलको टुक्रा खायो र भन्यो ` धेरै स्वादिलो छ यस्तो फल कहिल्यै खाएको थिइन ´ , एक टुक्रा अरु पनि दिनुस , दोस्रो टुक्रा पनि नोकरलाई मिल्यो । नोकरले फेरि एक टुक्रा बादशाहसँग माग्यो र यसरी पाँच टुक्रा उनले मागी मागी खाइदियो । जब नोकरले अन्तिम टुक्रा पनि माग्यो तब बादशाहले बोल्यो ` यो सिमा भन्दा बाहिर छ , आखिर म पनि त भोकै छु , मलाइ तिमिमाथी प्रेम छ के तिमिलाई छैन ´ र सम्राटले फलको टुक्रा मुखमा हाल्यो , मुखमा राख्ने बित्तिक्कै उनले थुकिदियो किनकी त्यो धेरै तितो थियो । राजाले बोल्यो ` तिमी पागल त होइनौ ? यस्तो तितो फल कसरी खायौ ?
´त्यो नोकरको उत्तर थियो । जुन हातबाट मीठो फल खानको लागि मिल्छ , एउटा तितो फलको गुनासो कसरी गरु ? सबै टुक्रा यसकारण खादै गए कि तपाइलाई थाहा नहोस फल तितो थियो ।

0 Comments