तपाईँले जीवन के मा खोज्नु हुन्छ? जीवन फुलमा खोज्नु
भयो भने तपाईँलाई आनन्द, शान्ति, खुसी मिल्दछ तर भुलमा खोज्नु भयो भने तपाईँलाई दुख , पिडा, अशान्ति र बेचैनी
मात्र प्राप्त हुने वाला छ। मानिसलाई प्रेरणा प्राप्त हुने भनेका राम्रा कुराले
मात्र हुन्। असल कुराले मात्र हुन। गल्ती त संसारमा हर कोहीले गरेका हुन्छन्।
समाजका कमै व्यक्तिहरूलाई मात्र आफूलेगरेको गल्तीले आफैलाई प्रेरणामिल्छ।
हरेक मानिसका जीवनमा दुई पाटाहरू हुन्छ । विगतमा गरेका कमी कमजोरी र विगतमा गरेका
असल कार्यहरू।शारीरिक
रूपमा असक्त भए पनि मानसिक रुपामा तपाई हामी भन्दाधेरै अव्वल झमक कुमारी घिमिरेले
आफूलाई फुल सँग तुलना गरी जीवनको कथा “जीवन काँडा की फुल”लेख्नु भयो र त्यही पुस्तकबाट मदन
पुरस्कार जित्नु भयो।उहाँले आफूमा भएको शक्तिको प्रयोग गर्नु भयो। रचना
शान्तिको , सृजना
शक्तिको। ए म त विकलाङ्ग हु भनेर मात्र सोचेको भए आज झमक कुमारी घिमिरेलाई संसारले
चिन्ने थिएन। साधारण , कष्टकर र गुमनाम जीवन बिताउन बाध्य हुनुपर्दथ्यो। आफूमा
भएको सुगन्ध चिन्दा, आफ्नो कस्तुरी चिन्दा जीवनमा विराट ज्योतिको प्राप्ति
भयो।
दुई व्यक्ति बिच हुने सकारात्मक तुलना राम्रै हुन्छ । नकारात्मक
तुलनाले द्वन्द्व ल्याउँछ। वैमनस्यता ल्याउँछ। हामीले पनि झमक कुमारी दिदीले जस्तै
जीवनलाई फुल मानै खोज्नु पर्छ। अर्थात् आफ्नो क्षमतामा, कुशलतामा, दक्षतामा।
कमलको
फुलमा जीवन खोज्नु भयो भने हिलोको बिचमा फुल्छ तर त्यसको भान कसैलाई हुन दिँदैन। गुलाबको
फुलमा जीवन खोज्नु भयो भने काँडाको बिचमा पनि मुस्कुराउन र सुगन्ध दिन्छ। परिजात
फुल मा जीवन खोज्नु भयो भने रातमा फुल्छ अनि दिनभर सुगन्ध दिन्छ। हिलो , काँडा, अन्धकार बाट उठेर
सम्भावनाका किरणहरू खोज्दा सुगन्धको सुवास पुरा बगैँचालाई दिएका छन् यी फुलहरूले।हामी
मानिसहरू पनि यस्तै आफ्नो कस्तुरी चिन्न सके तिनैसफलताका सिडीहरू हुन्छन् ।
हेर्ने नजरमा केही परिवत्न हुन जरुरी छ। फुलमा आउने भमरा, माउरी, झिँगा जस्ता किराका
कारण फुल चाँडो ओइलाउँछ कुहिन्छ। तर त्यहीभमरा, माउरी, कमिला जस्ता किरा नभए फुल फुल्न पनि पाउँदैन। अब हामीले
जीवनलाई हिजोमा होइन आजमा खोज्नु छ। भुलमा होइन, कमजोरीमा होइन, फुलमा खोज्नु पर्छ, शक्तिमा खोज्नु पर्छ।
0 Comments