profile

profile
Hom Nath Timalsina ( Manavsewa )

हाम्रो जिब्रो होइन जीवन बोल्नु पर्छ। मानवीयता प्रवर्द्दन महाअभियान

मानवीयताको लागी हुनै पर्ने  भावना । 

१)  जीवनको उचाई बर्षले होईन कर्मले नाप्नु पर्दछ ।
२)  जीवनको लम्बाई भन्दा पनि जीवनको उचाईले महत्व राख्दछ।
३)  कुनै काम ठिकसँग गर्न सक्ने इच्छा नहुनु भन्दा अज्ञानी हुनु त्यति लाज लाग्दो कुरा होइन |
४)  जीवन बदल्न दृष्टिकोण बदल्नु पर्छ तर  मान्छे जीवनसाथी बदल्छन्।
५)  जब छोराछोरीलाई हाम्रो प्रेमको जरुरी थियो – हामीलाई फुर्सद भएन hostel मा राखिदियौँ। जब हामीलाई प्रेम चाहिने भयो छोराछोरीले हामीलाई  Old age home म राखिदिन्छन्।
६)  तिमी “छ” भन्ने महशुस गर्छौ भने तिमी लाई अझै धेरै दिईने छ तिमी समृदधी तर्फ उन्मुख हुनेछौँ। तिमी “छैन” भन्ने महशुस गर्छौ भने तिमीसँग भएको कुरा पनि खोसिने छ, दरिद्रता तर्फ उन्मुख हुनेछौँ।
७)  हाम्रो जिब्रो होइन जीवन बोल्नु पर्छ।
८)  भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम पछि रहोस् भनेर ईनार खनायो
घाँसी दरिद्र घरको तर बुद्दि कस्तो
सबै कुरा भएर पनि म भानुभक्त आज किन यस्त
९)  यो संसारमा धेरै मानिसहरू आए र गए - ती मानिस मात्र बाँचीरहे जसले जीवनमा सद्कर्म गरे।
१०)   आफ्ना लागि मात्र बाँचेर के अर्थ हुन्छ ? अरूका लागि पनि बाँचे पो जीवनको अर्थ हुन्छ। ( अरूका लागि बाँच्नेहरूले निजी चाहना र इच्छाहरूलाई तिलांजली दिन सक्नु पर्छ
११)  जिन्दगीको Calculation धेरै पटक गरें तर सुख दु:खको Account कहिले बुझ्न सकिएन जुन दिन Total गरें - कर्म बाहेक कहि पनि बाँकी रहेन।
१२)   मानको आशा गरिएन भने अपमानको डर हुँदैन। - अपेक्षाले आनन्दलाई कम गराउँछ आश्चर्यले आनन्दलाई बढाउँछ
१३)  मुस्कान र सहयोग यो दुइटै यस्तो पर्फ्युम हो- जसलाई जति अधिक तपाई अरूमाथि छड्किनुहुन्छ .. त्यति नै सुगन्धित तपाईं स्वंय हुनुहुनेछ।
१४)   वरिष्ठ मान्छे होइन `उत्कृष्ट' मान्छे बनौं , वरिष्ठ मान्छेहरूमा प्राय अहँकार हुन्छ – उत्कृष्ट मान्छेहरूमा उदारता र सृजनाशीलता हुन्छ।
१५)      काँडा जति नै तीखो भए पनि आफ्नै बोटलाई कहिल्यै घोच्दैन।
१६)     असफल हुने मानिसहरू पैसा खोज्दै हिँड्छन् - सफल हुने मानिसहरू ज्ञान र कलाको विकासमा लागि पर्छन्।
१७)  मान्छेले गल्ती गरे घर जल्छ - सामाजिक अभियन्ताहरूले गल्ती गरे समाजमा पलाएको सामाजिक भावना र मानवता प्रतिको विश्वास ढल्छ - राजनेताले गल्ती गरे राष्ट्र नै जल्छ।
१८)    कसैको बारेमा राम्रो कुरा बोल्नु छ भने उसकै अगाडी भनौं - उसको यो कुरा राम्रो छ है भन्न मृत्यु नै कुर्न पर्छ र !
 १९)   बुद्ध, जिजस, मदर टेरेसा, गुरू नानक,  जस्तो हुने नाटक गर्न सजिलो हुन्छ तर उँहाहरू जस्तै बन्न धेरै ठूलो साधना, तपस्या र अरूका लागि बाँच्ने प्रतिबद्धता आवश्यकता हुन्छ
२०)     शिक्षाको प्रमुख उदेश्य ज्ञान होईन कर्म हो ।

Post a Comment

0 Comments