profile

profile
Hom Nath Timalsina ( Manavsewa )

About Hom Nath Timalsina

नमस्कार, म होमनाथ तिमल्सिना। म मानवसेवा आश्रमका संस्थापक सदस्यहरूमध्ये एक हुँ र हाल मानवसेवा आश्रमको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारीमा  छु।


विगत लामो समयदेखि मानवसेवा, सडकआश्रित तथा सहयोगापेक्षी मानवहरूको उद्धार, संरक्षण, सेवा, उपचार, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनाका अभियानहरूमा सक्रिय रूपमा संलग्न छु। मानवसेवा आश्रमको स्थापना, विकास र विस्तारमा मेरो क्षमताले भ्याएसम्म योगदान गर्न पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो।


म प्रशिक्षण तथा कार्यक्रम व्यवस्थापन क्षेत्रमा पनि सक्रिय छु। सेवाभाव, अनुशासन, जिम्मेवारी र मानवीय संवेदनालाई जीवनको मूल आधार मानेर अगाडि बढ्ने मेरो प्रयास रहँदै आएको छ।



यो ब्लगमार्फत म मानवसेवा, सामाजिक अभियान, जीवन अनुभव, प्रेरणादायी विचार तथा समाज रूपान्तरणसँग सम्बन्धित विषयहरू साझा गर्नेछु।

Post a Comment

0 Comments