profile

profile
Hom Nath Timalsina ( Manavsewa )

उत्प्रेरणा


उत्प्रेरणा एउटा यस्तो कला हो जसले जीवन जिउनको लागी / कर्मलाई वा कार्यलाई राम्रो संग फलदाई बनाउनको लागी हामीलाइ उत्साह प्रदान गर्दछ । मनमा उमंग दिने गर्द छ । आज मानिष उत्प्रेरणको लागी विभिन्न ठाउमा धाउने गर्दछ र विभिन्न तरिका अपनाउने गर्दछन् । कोही पार्टी जान्छन्,कोही सिनेमामा जान्छन्,कोहो पिकनिकमा जान्छन् ,या भनौ मनोरंजनमा रमाउछन् । मनोरंजनले मनलाई बोझिलो बनाउदछ ,शरिरलाई थकीत बनाउदछ,चेहराको उज्यालो हराउदछ ,भने दिनलाई आलस्य बनाउदछ ।  वास्तविक उत्प्रेरणा प्राप्तहुने भनेको मनो-मंजनले हुने हो । मनो-मंजमले हाम्रो मनलाई सफा र सुन्दर बनाउदछ । शरिरमा तागत ल्याउदछ ,मनमा प्रशंन्ता र चेहरामा चमक ल्याउदछ दिनलाई फुर्तिलो बनाउदछ  । मन एवं मनुष्यानाम कारणमं वंध मोक्षह। मन नै मुक्ति र मोक्षको कारण हो ।


हामीले हाम्रो मनलाईसाथि वनाउन सकै भने सदा उत्प्रेरणामा रहन सक्छौ । जो सदा उर्प्रेरणा मा रहन सक्छ उदले वर पर सबै तिर रहनु भएको व्यक्तिलाई पनी उत्प्रेरित गरीरहन सक्दछ ।  अरुले गरेको उत्प्रेरणा केही समयको लागी मात्र हुन्छ । जसले आफूलाई नै उत्प्रेरीत गर्दछ उसले आफ्नो नाम ईतिहासको पानामा लेखाउने निश्चित छ । हामि आफुले आफैलाई उत्प्रेरणा गर्ने कला जान्न जरुरी छ । भविष्य प्रतीको आशानै वर्तमानको उत्प्रेरणाको स्रोत हो ।

Post a Comment

0 Comments