profile

profile
Hom Nath Timalsina ( Manavsewa )

ठुलो के ? पैसा,प्रतिफल,परिश्रम की प्राप्ती ... पक्कै पनि होईन ठुलो त यी सवै कुरा प्राप्त गर्ने गरीने कर्महरु हो ।


सफलता भनेको लक्ष्य प्रतिको भोक !!!

 तपाई हामीलाई जे चाहाना गर्छौ त्यही प्राप्त हुन्छ । मात्र तापई हामी भित्रको चहाना कत्तिको दृढ छ भन्ने कुरामा निर्भर हुन्छ । तापाई के कुराको प्रतिवद्दता लीनुहुन्छ त्यसले तपाईको लक्ष्यमा धैरै प्रभाव पर्दैन तपाईले प्रतिवद्दता लीनु भएको विषयमा कत्तीको प्रतिवद्द हुनुहुन्छ , त्यसले तपाईको लक्ष्य प्राप्ति हुने नहुने कुराको निर्धारण गर्दछ ।   सफलता , सुख , शान्ति , आन्नद प्राप्ति कसलाई मन नपर्ला । आज हाम्रो समाजमा अझ भनै युवा जमातमा सफलताको लागी  होडनै चल्ने गरेको हुन्छ । चल्न पनि किन नचल्नु सवै भन्दा बढी शक्ति को स्रोत युवा हुन् । जिवनका अनगिन्ति सुखद क्षणको सुरुवात यही युवा मय समयमा नै हुन्छ । तर जीवनको आरोह अवरोह हरुको कारण करिपय युवाहरु आफ्नो लक्ष्य प्राप्ति गर्न नसकेर जीवनलाई नै त्यग्न पछि पर्दैन्न । सफलताको होडमा असफलतानै असफलता देख्छन्न । सफतला त्यतिकै प्राप्त हुने विषय होईन , यो वजारमा विक्रि गर्न राखेको सामग्री होईन जसले जति खेर मन लाग्यो त्यति खेर खरिद  गर्न सकीने  । यो आथक प्रयास र मेहनत वाट मात्र प्राप्त हुने विषय हो,यसमा धेरै टुक्रिनु पर्दछ,धेरै घोचिनु पर्छ,धेरै ठुला आधि र तुफान को सामना गर्नु पर्दछ ,ठुला ठुला असिनाको चोट सहनु पर्दछ । एउटा आपको बोटमा जव फुल फुल्दछ,त्यसले जव  आधि र तुफान , असिना र झटारो सहेपछि मात्र उ मिठो स्वादिलो आप बन्दछ । सफलता कुनै गन्तव्य होईन रहेछ यो त एउटा यात्रा मात्र रहेछ मानिष त्यस यात्रामा कति सम्म हिडन् सक्छ भन्ने कुरा मात्र फरक हो । जव थोमसएल्वा एडिसनले विजुलिको वल्व आविस्कार गरे जसमा उनि  ९९९ पटक असफल हुनु पर्यो  can u imagine it ! के तपाइ हामि कल्पना गर्न सक्छौ । ९९९ पटकको असफलता हेर्नु आज एक जना मानीस ९९९ पटक फेल भएर तपाई हामीलाई उज्यालोमा राखिराखेको छ । यदि थोमसएल्वा एडिसनको लक्ष्य प्रतिको भोक कम भएको भए आज पनि हामी अध्यारोमा रहनु पर्ने थियो होला । जव थोमसएल्वा एडिसन् विजुली वल्व बनाउन सफल भए अनि एक जना पत्रकार ले सोधे तपाई त वल्व बनाउदा ९९९ पटक असफल हुनु भयो होईन ? एडिसन मुसुमुसु मुस्कान साथ भन्नु हुन्छ कसले भन्यो वकवास कुरा म ९९९ पटक असफल भएको होईन म त केवल ९९९ पटक कसरी वत्ति नवल्ने रहेछ त्यसको परिक्षण गरिराखेको थिए । हेर्नुस्त कति महान विचार त्यसैले आज विश्वमा सवै भन्दा सृजनसिता भएको व्यक्तिमापर्नु हुन्छ । जसले आफनो जीवन कालमा १०३४ आविष्कार गरे र यो संसारलाई उपहार दिए । कुनै पनी कुरामा ईतिहास रच्नको लागी कसैन कसैले आफ्नो जीवन नै समर्पण गर्नु नै पर्छ भन्ने कुरा हो रहेछ । जव सम्म हामी सफलताको वाटोमा हिड्ने चाहाने युवाले यो विषयलाई मनन् गर्दैनौ तव सम्म केहि पनि उपलव्धि हासिल हुने वाला छैन । जो मान्छे असफलता भोग्नको लागी तयार हुदैन त्यो मान्छेलाई सफलता पाउने अधिकार नै छैन् ।हामि त एक पटक असफल भयौकी छोडिदिन्छौ ।  एक पटकको प्रयासमा कहिले कहि आफ्नै पाकेटमा भएको रुपैया निकाल्न सकीदैन। तपाई हामी मानिष विशेषत आफ्नो भन्दा पनी अरुको कुरा सुन्छौ । सुन्न अरुको कुरा पनी सुन्नु पर्दछ तर सहि र गलत छुट्याउनु पर्ने हामीले हो । मेहनत हाम्रो , लगानि हाम्रो , कर्मचारी हाम्रो सबै हाम्रो भने विचार पनि हाम्रो हुनु पर्छ की पर्दैन । जव सम्म तपाई हामीले आफैलाई गर्न शक्छु भन्ने विश्वास दिलाउन सक्दैनौ तव सम्म हामी सफल हुन सक्दैनौ । समाजले अनेक कुरा भन्छ तिमि सक्दैनौ नै भन्छ तर तपाई भित्रको मनोवल ले चाहि तपाई शक्छु भन्ने हुनुपर्छ। दुई जना दाजु भाई थिए एक जना ६ वर्षको एक जना १३ वर्षको एक दिन खेल्दै जङगलमा पुग्छन्न । १३ वर्षको दाई कसो कसो खेल्दा खेल्दै ईनारमा ढुव्न पुग्छ ।  सानो ६ वर्षको भाईले दाईलाई निक्लन सफल हुन्छ Can you imazine it . कसरी ?  त्यो सानो वच्चाले ठुलो बच्चालाई निकाल्नै सक्दैन सबै गाउलेको तर्क हुन्छ तर त्यस गाउको मुखिया समजदार हुनुहुदो रहेछ र भन्नु हुन्छ । हो त्यो वच्चा वास्तवमानै आफ्नो दाईलाई वचाउन सफल भयो कीनकि त्यस बच्चालाई तिमि सक्दैनौ भन्ने कोहो पनी थिएन । यँहा सम्मकी उ स्वयम् लाई पनि सक्दिन भन्ने लागेको थिएन । हेर्नुस् हामी सामाजिक प्रणी हौ समाज विना रहन सक्दैनौ तर यो समाजमा सवै सकारात्मक सोच राख्ने मानिस पनि हुदैनन् । समाजमा हुने नकरात्मकतालाई आफ्नो जीवनको लागी पाठ संझेर हामी हाम्रो लक्ष्य प्राप्तिको लागी लागीरहनु पर्दछ ।
सन्देश :-
ठुलो के ? पैसा,प्रतिफल,परिश्रम की प्राप्ती ... पक्कै पनि होईन ठुलो त यी सवै कुरा प्राप्त गर्ने गरीने कर्महरु हो ।
तपाई सफल हुनुहुन्छकी असफल
तपाई धनि हुनुहुन्छकी गरीव
तपाई खुसि हुनुहुन्छकी दुखी
यो तपाईको कर्ममा निर्भता हुन्छ । मानिषलाई कर्मले नै महान बनाउदछ । खुसि हुनको लागी गरीएको कर्मले भन्दा खुसि खुसी साथ गरीएको कर्मले हामीलाई आन्नदित र सन्तुष्टी र सफल  बनाउदछ ।

Post a Comment

0 Comments