प्रेम एउटा बलियो शक्ति हो। यसले हामीलाई विशाल उचाईसम्म लगेर हलुको महशुश
गराई दिन्छ।वर्तमान समयमा यहि शक्ति नै अति दुरूपोग पनि भएको छ। सच्चा प्रेम
समझदारी ,आपसी विश्वास र सम्मानमा आधारित हुन्छ नकि साधारण तथा क्षणिक आवेगमा।
प्रेम भनेको सन्तुलन हुनु अर्थात आफु,ईश्वर तथा आपसमा सदभाब हुनु हो। वास्तवमा
प्रेम आत्मामा हुन्छ। हामीले यसलाई बाहिर र वरिपरि फैलन दिनुपर्छ। बिना प्रेम जीवनका
सबै योजना र अनुभवहरू बन्द रहन्छन्। वस्तुत:प्रेम जीवनको चाबीहो ।
जब हाम्रो हृदय प्रेमले भरीन्छ। हामीले यो संसारलाई अनुपम देख्छौ। सारा चर जगत
प्रेममय लाग्दछ ।हाम्रो हृदय नै प्रेमले अनुपम बन्दछ ।जसरी भगवान बुद्दले प्रेमको
बीज रोपेरनै सारा मानव जातिको मन जित्न सफल भएजस्तै हामीलेपनि प्रेम बाडेर हर
मानवको दिल जित्न सक्नु पर्दछ। जब तपाँई प्रेम गर्ने थाल्नुहुन्छ ,तपाँईलाई
आनन्दको बर्षा हुन थाल्दछ।
प्रेम नै जीवनको आधार हो ।हामी हेर्न सक्छौ हरेक धर्मको सारनै
प्रेम हो।
हिन्दु,मुस्लिम,शिख,जैन,ईसाई आदि इत्यादि जे भएपनि आज यस संसारमा एउटा
सन्देश दिईरहेका छन् कि आफु तिमी प्रेमले बाँच र अरूलाई पनि प्रेमले बाँच्न को
लागी मदत गर यहि नै जीवनको सार हो।
0 Comments