जबसम्म तपाईले कुनै पनि कुरालाई No झेल्ने ताकत राख्नुहुन्छ अनिमात्र तपाइको जन्म हुन्छ "
के तपाइले ` रेम्बो ´ को बारेमा कहिल्यै सुन्नुभएको छ ? सिल्भरस्टर स्टालिन ? के उसलाई कुनै एजेन्टले सडकमा हिड्दै गरेको बेला भेटेर , " आहा ! तिम्रो शरीर भयंकर रै छ हामिलाई मनपर्यो , हाम्रो सिनेमा खेल्छौ " भनेर
उ हिरो बनेको हो ? होइन । उ यसकारण सफल भयो जब उसले ` नाई ´ लाई झेल्न जान्यो , सम्हाल्न जान्यो । जब उ हलिउडको क्षेत्रमा प्रवेश गर्न खोज्यो , उ हजारौ पटक अस्वीकृत भयो , हजारौ पटक असफल भयो , धेरै हण्डर र कठिनाईहरु झेल्नुपर्यो । उ न्युयोर्कमा पाइने हरेक डाइरेक्टर र एजेन्टको घरमा गयो तर सबैले ` नाई ´ भने । तर उसले हिम्मत हारेन । प्रयास जारी राख्यो र अन्तमा ` रकि ´ भन्ने सिनेमा पायो जसले उसलाई सिल्भस्टर स्टालिन बनायो ।

0 Comments