profile

profile
Hom Nath Timalsina ( Manavsewa )

ठुलो सोच राखे ठुलो फल सानो सोच राखे सानो फल ।


      सकारात्मक सोच(positive thinking )



जीवन
आफ्नो हुन्छ र जीवन जीउने कला पनी आफ्नो आफ्नो हुन्छ ।यो समसारमा हरेका मानिसको दिनचर्य र जीवन सैली पनी आफ्नो आफ्नो हुन्छ । एकै घरमा बस्ने परीवारको सदस्यको ,एउटै व्यवसाय तथा नोकरी गर्ने मानिस,धर्म तथा अध्यत्ममा लागेका मानिस ,समाज सेवामा लागेका मानिस या भनौ प्रत्यक प्रत्येकको फरक छ । किन यस्तो हुन्छ मानिस त्यही कर्म गरेपनी फल फरक प्राप्त गरिरहेका हुन्छन् । त्यसको पछाडिको कारण भनेकै सोच हो । सोच सवैको हुन्छ जुन काम गरेपनी त्यसको प्रतिफल प्राप्तिमा चाही सोचले निर्धारण गर्ने गर्दछ कतिको फल प्राप्त गर्ने भनेर । ठुलो सोच राखे ठुलो फल सानो सोच राखे सानो फल । समाज सेवा धेरै ले गर्दछन् ,कोही पैसा कमाउनको लागी गर्छन, कोहि धर्म कमाउनको लागी गर्छन्,नाम कमाउनको लागि गर्दछन् भने कोही आत्मा सन्तुष्टिको लागी गर्दछन् । हो यहि सोचको कारण मानिसहरु ले प्रापत गर्ने फल पनि फरक फरक भएको । सोच सवै सकारात्मक नै हुन्छन्नै त्यसलाई हामीले कस्तो कर्मको लागी उतर्छौ भन्ने हो । जस्तै छ अङ्कलाई हामी अग्रेजीमा लेखौत एका तिरबाट six हुन्छ अर्को तिर बाट Nine हुन्छ । हो सोच भनेको गलत हुन्न त्यो त हाम्रो मानसिक स्थिको को कारण हुने फरक अनुभुति  हो । इश्वरले कुनै पनि नकारात्मक वा गर्नै नहुने कुराको डिजाईन गर्नु भएको छैन त्यो त हाम्रो प्रयोगको आधारमा मात्र राम्रो र नराम्रो भएको छ ।हरेक कुरा आवश्यकता भन्दा हुन्छ त्यो खराव आचरण वन्दछ र त्यो नै नकरात्मकता हो ।जस्तै: चिनि धेरै खायो भने सुगर हुन्छ ।चिल्लो धेरै खायो भने कोलिष्ट्रोल हुनछ ।नुन ,पिरो,अमिलो धेरै खायो भने प्रेसर हुन्छ ।  अनि  सोच भनेको कर्म अगाडिको क्रिया हो, जसलाई हामी भावका साथ कर्ममा उतार्छौ भने  त्यस पछिको प्रप्त हुने फल र   प्रतिक्रियाले हाम्रो सोच सही र गलत भन्ने कुराको निर्धारण गर्दछ । हामीलाई आत्म हत्यको सोच कहिले पनि आएको छैन त ? छ तर हामीले त्यसलाई भावका साथ कर्ममा  नउतारेको कारण ले हामी जीवित छौ । समग्रतामा भन्ने हो भने सकरात्मकता भनेको सृष्टिको कुरा हो भने नकरात्मकता भनेको दृष्टिको कुरा हो।
सकारात्मक सोचको विकास कसरी गर्ने ।
१)    प्रत्येक दिन सकारात्मक पुस्तकहरुको अध्यान गर्ने ।
२)   सदा आफ्नो दिमाखलाई खुल्ला राख्ने ।
३)   सदा आफ्नो सकारात्मक कुरालाई हेर्ने र नकारात्मक कुरालाई त्याग गर्ने ।
४)   सात्विक भोजन सैली ।  
५)   विहान चाडै उठ्ने बानिको विकास गर्ने ।
६)   प्रत्येक दिन बिहान ध्यान गर्ने ।
७)   हरेको कुराको धन्यवाद दिने वानिको विकास गर्ने ।
८)   प्रेम संग र सानो आवाजमा बोल्ने बानिको विकाश गर्ने ।
९)   स-सानो बानिको विकास गर्ने जसले हाम्रो जिवन परिवर्तनमा मद्दत पुग्नेछ  ।
अत :- सकारात्मक सोचको विकास तथा निर्माणको लागी हामिले धेरै ठुलो कुरा भन्दा पनी  स-सना कुराहरुमा ध्यान दिन जरूरी छ। small thing can make big different .

Post a Comment

0 Comments