profile

profile
Hom Nath Timalsina ( Manavsewa )

सफलता भनेको लक्ष्य प्रतिको भोक !!!तपाई सफल हुनुहुन्छकी असफल तपाई धनि हुनुहुन्छकी गरीव तपाई खुसि हुनुहुन्छकी दुखी


सफलता भनेको लक्ष्य प्रतिको भोक !!!
 तपाई हामीलाई जे चाहाना गर्छौ त्यही प्राप्त हुन्छ । मात्र तापई हामी भित्रको चहाना कत्तिको दृढ छ भन्ने कुरामा निर्भर हुन्छ । तापाई के कुराको प्रतिवद्दता लीनुहुन्छ त्यसले तपाईको लक्ष्यमा धैरै प्रभाव पर्दैन तपाईले प्रतिवद्दता लीनु भएको विषयमा कत्तीको प्रतिवद्द हुनुहुन्छ , त्यसले तपाईको लक्ष्य प्राप्ति हुने नहुने कुराको निर्धारण गर्दछ ।   सफलता , सुख , शान्ति , आन्नद प्राप्ति कसलाई मन नपर्ला । आज हाम्रो समाजमा अझ भनै युवा जमातमा सफलताको लागी  होडनै चल्ने गरेको हुन्छ । चल्न पनि किन नचल्नु सवै भन्दा बढी शक्ति को स्रोत युवा हुन् । जिवनका अनगिन्ति सुखद क्षणको सुरुवात यही युवा मय समयमा नै हुन्छ । तर जीवनको आरोह अवरोह हरुको कारण करिपय युवाहरु आफ्नो लक्ष्य प्राप्ति गर्न नसकेर जीवनलाई नै त्यग्न पछि पर्दैन्न । सफलताको होडमा असफलतानै असफलता देख्छन्न । सफतला त्यतिकै प्राप्त हुने विषय होईन , यो वजारमा विक्रि गर्न राखेको सामग्री होईन जसले जति खेर मन लाग्यो त्यति खेर खरिद  गर्न सकीने  । यो आथक प्रयास र मेहनत वाट मात्र प्राप्त हुने विषय हो,यसमा धेरै टुक्रिनु पर्दछ,धेरै घोचिनु पर्छ,धेरै ठुला आधि र तुफान को सामना गर्नु पर्दछ ,ठुला ठुला असिनाको चोट सहनु पर्दछ । एउटा आपको बोटमा जव फुल फुल्दछ,त्यसले जव  आधि र तुफान , असिना र झटारो सहेपछि मात्र उ मिठो स्वादिलो आप बन्दछ । सफलता कुनै गन्तव्य होईन रहेछ यो त एउटा यात्रा मात्र रहेछ मानिष त्यस यात्रामा कति सम्म हिडन् सक्छ भन्ने कुरा मात्र फरक हो । जव थोमसएल्वा एडिसनले विजुलिको वल्व आविस्कार गरे जसमा उनि  ९९९ पटक असफल हुनु पर्यो  can u imagine it ! के तपाइ हामि कल्पना गर्न सक्छौ । ९९९ पटकको असफलता हेर्नु आज एक जना मानीस ९९९ पटक फेल भएर तपाई हामीलाई उज्यालोमा राखिराखेको छ । यदि थोमसएल्वा एडिसनको लक्ष्य प्रतिको भोक कम भएको भए आज पनि हामी अध्यारोमा रहनु पर्ने थियो होला । जव थोमसएल्वा एडिसन् विजुली वल्व बनाउन सफल भए अनि एक जना पत्रकार ले सोधे तपाई त वल्व बनाउदा ९९९ पटक असफल हुनु भयो होईन ? एडिसन मुसुमुसु मुस्कान साथ भन्नु हुन्छ कसले भन्यो वकवास कुरा म ९९९ पटक असफल भएको होईन म त केवल ९९९ पटक कसरी वत्ति नवल्ने रहेछ त्यसको परिक्षण गरिराखेको थिए । हेर्नुस्त कति महान विचार त्यसैले आज विश्वमा सवै भन्दा सृजनसिता भएको व्यक्तिमापर्नु हुन्छ । जसले आफनो जीवन कालमा १०३४ आविष्कार गरे र यो संसारलाई उपहार दिए । कुनै पनी कुरामा ईतिहास रच्नको लागी कसैन कसैले आफ्नो जीवन नै समर्पण गर्नु नै पर्छ भन्ने कुरा हो रहेछ । जव सम्म हामी सफलताको वाटोमा हिड्ने चाहाने युवाले यो विषयलाई मनन् गर्दैनौ तव सम्म केहि पनि उपलव्धि हासिल हुने वाला छैन । जो मान्छे असफलता भोग्नको लागी तयार हुदैन त्यो मान्छेलाई सफलता पाउने अधिकार नै छैन् ।हामि त एक पटक असफल भयौकी छोडिदिन्छौ ।  एक पटकको प्रयासमा कहिले कहि आफ्नै पाकेटमा भएको रुपैया निकाल्न सकीदैन। तपाई हामी मानिष विशेषत आफ्नो भन्दा पनी अरुको कुरा सुन्छौ । सुन्न अरुको कुरा पनी सुन्नु पर्दछ तर सहि र गलत छुट्याउनु पर्ने हामीले हो । मेहनत हाम्रो , लगानि हाम्रो , कर्मचारी हाम्रो सबै हाम्रो भने विचार पनि हाम्रो हुनु पर्छ की पर्दैन । जव सम्म तपाई हामीले आफैलाई गर्न शक्छु भन्ने विश्वास दिलाउन सक्दैनौ तव सम्म हामी सफल हुन सक्दैनौ । समाजले अनेक कुरा भन्छ तिमि सक्दैनौ नै भन्छ तर तपाई भित्रको मनोवल ले चाहि तपाई शक्छु भन्ने हुनुपर्छ। दुई जना दाजु भाई थिए एक जना ६ वर्षको एक जना १३ वर्षको एक दिन खेल्दै जङगलमा पुग्छन्न । १३ वर्षको दाई कसो कसो खेल्दा खेल्दै ईनारमा ढुव्न पुग्छ ।  सानो ६ वर्षको भाईले दाईलाई निक्लन सफल हुन्छ Can you imazine it . कसरी ?  त्यो सानो वच्चाले ठुलो बच्चालाई निकाल्नै सक्दैन सबै गाउलेको तर्क हुन्छ तर त्यस गाउको मुखिया समजदार हुनुहुदो रहेछ र भन्नु हुन्छ । हो त्यो वच्चा वास्तवमानै आफ्नो दाईलाई वचाउन सफल भयो कीनकि त्यस बच्चालाई तिमि सक्दैनौ भन्ने कोहो पनी थिएन । यँहा सम्मकी उ स्वयम् लाई पनि सक्दिन भन्ने लागेको थिएन । हेर्नुस् हामी सामाजिक प्रणी हौ समाज विना रहन सक्दैनौ तर यो समाजमा सवै सकारात्मक सोच राख्ने मानिस पनि हुदैनन् । समाजमा हुने नकरात्मकतालाई आफ्नो जीवनको लागी पाठ संझेर हामी हाम्रो लक्ष्य प्राप्तिको लागी लागीरहनु पर्दछ ।

सन्देश :-




ठुलो के ? पैसा,प्रतिफल,परिश्रम की प्राप्ती ... पक्कै पनि होईन ठुलो त यी सवै कुरा प्राप्त गर्ने गरीने कर्महरु हो ।
तपाई सफल हुनुहुन्छकी असफल
तपाई धनि हुनुहुन्छकी गरीव
तपाई खुसि हुनुहुन्छकी दुखी
यो तपाईको कर्ममा निर्भता हुन्छ । मानिषलाई कर्मले नै महान बनाउदछ । खुसि हुनको लागी गरीएको कर्मले भन्दा खुसि खुसी साथ गरीएको कर्मले हामीलाई आन्नदित र सन्तुष्टी र सफल  बनाउदछ ।

Post a Comment

0 Comments