profile

profile
Hom Nath Timalsina ( Manavsewa )

गलामा मेरो दारी ,काधमा जिम्मेवारी
मेरो दारी हजुरलाई के को भारी ?
कोही भन्छन् दारी किन पालेको
कोही भन्छन् दारी पालेको कत्ति नसुहाएको ।
कोहि भन्छन् मनमा चोट परेछकी क्याहो दारी पालेको ।
कोही भन्छन् दारी काट्ने पैसा रहिनछकी क्याहो दारी पालेको ।
कति कुरा गर्छन् मेरो यो मेरो दारीको
आखिर दारी त दारी न हो समय र उमेर संग उपहारमा आएको ।
यो दारी कतै दारी पालेको भाइ हुन्छ ।
यो दारी कतै दारी पालेको दाइ हुन्छ ।
यो दारी कतै दारी पालेको अंकल हुन्छ ।
यो दारी कतै दारी पालेको बाबा हुन्छ ।
यो दारी कतै दारी पालेको छोरो हुन्छ ।
यो दारी कतै दारी पालेको साथि हुन्छ ।
आखिर दारी त दारी नै सबैको गाला माथि हुन्छ ।

यो दारी कतै दारी पालेको भिलेन हुन्छ ।
यो  दारी कतै दारी पालेको हिरो हुन्छ ।
यो दारी कतै दारी पालेको कवि हुन्छ ।
यो दारी कतै दारी पालेको सर हुन्छ ।
यो दारी कतै दारी पालेको नेता हुन्छ।
आखीर दारी त दारी नै हो सबैलाई सबैलाई पाल्ने रहर हुन्छ ।

यो दारी कतै दारी पालेको विद्दवान हुन्छ ।
यो दारी कतै दारी पालेको वैज्ञानिक हुन्छ ।
यो दारी कतै दारी पालेको महात्मा हुन्छ ।
यो दारी कतै दारी पालेको आदर्श पुरुष हुन्छ ।
यो दारी कतै दारी पालेको महान हुन्छ ।
आखिर दारी त दारी हो पहिचान अनुसारको नाम हुन्छ ।

यो दारी कसैको नासो बन्छ।
यो दारी कसैको पासो बन्छ ।
यो दारी कसैको हाँसो बन्छ ।
यो दारी कसैको हित बन्छ ।
यो दारी कसैको जीत बन्छ ।
आखिर दारी र दारी नै हो जिवनको प्रीत बन्दछ ।

Post a Comment

0 Comments