१) यदि तिमी एक घण्टाको लागी
खुशी हुन चाहान्छौ भने सुत, यदि तिमी दिन भरिको लागी खुशी हुन चाहान्छौ भने-
पिक्निक जाउ, यदि तिमी एक बर्षको लागी
खुशी बहुन चाहान्छौ भने विवाह गर, तर
जिन्दगी भर खुशी हुन चाहान्छौ भने-अरुको सेवा गर।
२) तिमीसँग के छ? तिमी को हौ?
तिमी अहिले काँहा छौ? के गरी रहेका छौ? ईत्यादि कुराहरुले तिमीलाई खुशी वा दुःखी
बनाउने होईन तिमीलाई खुशी या दुखी बनाउने त तिम्रो आफ्नै सोचले हो।
३) खुशि भनेको तिमीले केहि
नँया प्राप्त गर्दा आउने परिणाम होईन यो त तिमीसँग जे छ त्यसलाई चिन्नु र सन्तुष्ट
हुन सक्नुमा मिल्दछ।
(खुशी कुनै तयारी थोक होईन
यो त तिम्रो आफ्ने कर्मबाट प्राप्त हुन्छ)
४) तिम्रोहारले तिमीलाई छिया-छिया पार्न सक्दैन तर हारको कारणले तिमीले खाने हरेशले
तिमीलाई छिया-छिया पार्दछ।
५) सबै समस्या र समाधनको मुल मन हो। मन समस्याग्रस्त भयो भने बाहिर समस्या देखा पर्छ
र मन शक्त्तिशाली भयो भने बाहरका हरेक समस्याहरुको सदुपयोग हुन थाल्छ। मन
शक्त्तिशाली भएको अवस्थामा समस्याहरु अवसरको रुपमा देखिन थाल्छन्।

0 Comments