profile

profile
Hom Nath Timalsina ( Manavsewa )

हातको शोभा दान दिनाले हुन्छ, चुराले होईन। यसैगरी मानव शरीर परोपकारले सुशोभित हुन्छ , चन्दनको लेपले होईन।

 

१) नदीको पानीमा जस्तै हामी मनुष्य भित्र पनि उज्यालो छ। - जाँगर र उत्साहको लामो प्रक्रिया पार गरे पछि मात्र नदीको पानी उज्यालोमा बदलिन्छ - त्यसरी नै हामीले पनि आफू भित्र जाँगर, उत्साह र उमङरूपी पँखेटा जोडी हाम्रो मनुष्य जीवनलाई चरा जसरी आकाशमा उडाउन सक्नु पर्छ - माछा जसरी पानीमा पौडन  सक्नु पर्छ।

२) जीवन रूपी गाडीलाई  चिन्तन रूपी ईन्दनले  संचालन गरिराखेको हुन्छ। ( Purification Of Thought Is Purification Of Life.

३) संसारमा पेन्सिल बनेको छ भने इरेजर पनि बनेको छ - सुधार्ने मौकाहरू हुन्छन् - तर याद राखौं धेरै पटक लेख्दै मेट्दै गर्दा कागज पनि च्यातिन्छ...!

४) जब अनावश्यक लोभलालचा, महत्वाकाङ्क्षा हराउँछ - त्यसपछि साना साना खुसीहरूमा पनि आनन्दित हुँदै मस्तीका साथ जीवन जिउने ऊर्जा प्राप्त हुन्छ।

५)कानको सोभा विद्याले हुन्छ, गहनाले होईन । हातको शोभा दान दिनाले हुन्छ, चुराले होईन। यसैगरी मानव शरीर परोपकारले सुशोभित हुन्छ , चन्दनको लेपले होईन।

Post a Comment

0 Comments