एकपटक महाराज रणजीतसिंह हात्तिमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यवलोकन गरि बाटामा जाँदैथिए । उनी जाँदै गरेको बाटाकै एक ठाँउमा केही केटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरु जोडतोडले ढुंगा हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए ।
संयोगले उनीहरुले हानेको एउटा सानो ढुंगाले महाराज रणजीत सिंह लाई लाग्यो र ढुंगा धेरै ठुलो नभएकाले उनलाई चोट भने लागेन । महाराजलाई ढुंगाले लाग्न साथ उनको सुरक्षामा खटिएका सिपाहीले ती केटाहरुलाई महाराज रणजीत सिंह सामु पेश गरे ।
महाराज रणजीतले यस विषयमा आफ्ना मन्त्रीहरुको राय जान्न चाहे ।
मन्त्रीले भने, ‘महाराज, यसरी बाटामा बसेर जथाभावी ढुंगा प्रहार गर्ने दुष्ट केटाहरुलाई कठोर दण्ड दिनु पर्छ । यिनले यसरी रुखमा ढुंगा प्रहार गर्दा अरुलाई नै लाग्न पनि सक्थ्यो , उनीहरु घाइते पनि हुन सक्थे । अहिले महाराज स्वयं पनि झण्डै घाइते हुनु भएको थियो ।
मन्त्रीसँग सल्लाह लिईसकेपछि महाराजले सोधे , ‘यी केटाहरु के गरिरहेका थिए ? ,
‘सरकार यिनीहरु रुखमा ढुंगा हानिरहेका थिए, सिपाहीले जवाफ दिए।
महाराजले फेरि सोधे, ‘रुखमा ढुंगा हानिरहेका थिए रे !
किन के को लागि ? सिपाहीले फेरि जवाफ दिए, ‘ सरकार यिनीहरु पाकेको बेल झार्न त्यसरी ढुंगा प्रहार गरिरहेका थिए ।
सिपाहीको कुरा सुनिसकेपछि केही क्षण चुप लागेर महाराज रणजीतसिंहले भने , ‘रुखले ढुंगाको चोट खाएर पनि मीठो फल दिन्छ भने म यी कलिला केटाहरुलाई कसरी दण्ड दिउँ । म मानिस भएर पनि त्यो रुख जति उदार हुन सक्दिन र ? यी सिधासाधा बच्चाहरुलाई छोडिदेउ र यिनिहरुलाई पेटभरि फलफुल खुवाउनु ।
किनकी , यी बिचरा त्यही फल खानका लागि ढुंगा हानिरहेका थिए।’
महाराज रणजीतसिंहको आज्ञाको पालना तुरुन्तै गरियो । पेटभरी फल खान पाएपछि केटाहरु दंग पर्दै आआफ्ना घरतिर गए !!!
.jpeg)
0 Comments