मासंहार संग सम्बन्धित भावना !!!
देवीको प्रसाद भन्दछौ भने आमा ती जगतकी।
रेटाइ घाँटी छोराकै आफ्नो के खान्थिन रगती।।
खाने नै भए खुप्लुकै मारी सुप्लुक्कै खाने थिन्
मानिसले बलि देला की भन्ने के बाटो हेर्द थिन।।
देवीलाई दोष दिएर आफ्नो जिब्रोलाई तिखार्छौ।
नरक जाने मुल बाटो खन्छौँ,धर्म ज्ञान निर्खाछौं।
साह्रै नै पाप लाग्द छ जान मासु पो खानाले ।
अर्काको ज्यान चटक्कै काटी रगती खानाले।।
रोग र दोष पापको थुप्रो के खान्छौ छी! मासु।
ब्यादीले घेर्दा बदला तिर्दा झर्नेछन खुब आसु ।
ज्ञानी र गुनि मानवको चोला पाएर वढीँया ।
खानामा चिचि ठिक छैन छिछि काम हो घटिया ।
निर्णय प्रवेशिका

0 Comments