हाम्रो धर्ती, हाम्रो आकाश, हाम्रै परिबेस,
 श्रम गरौँ सबै मिली बनाऔँ यो देश।

- हर्क साम्पाङ राई

तपाईँलाई श्रम बारको बारेमा जानकारी छ ?  यो सात बार भित्रको अनौठो नँया बार हो। हामीलाई थाहा नभएको पनि हुन सक्छ। यो बार धरानमा मेयर हर्क साङपाङको हो। उनले शनिवार लाइ श्रम बार नामकरण गरी जन समुदायबाट श्रमदान गर्ने गरेका छन्।

यसको व्यापकता धरानमा मात्र होइन आसपासका नगर, जिल्ला, देश हुँदै विश्व सामु पनि पुगेको छ। श्रम बारको दिन मानिस टाढा टाढा बाट श्रमदानका लागि आउने गरेका छन्। यो एक दिन मात्र होइन, हरेक शनिवार हुने गरेको छ। एक जना दुई जना होइन सयौँ, हजारौँ जना जुट्ने गरेका छन्। धरान नगर विकासको काम गर्ने गरेका छन्।विशेष गरी धरानमा पानीको समस्या समाधानका गर्न।

श्रम बारको विषयमा मेयर साम्पाङ पागल बनेर लागेका छन् र जन समुदाय पनि यसमा पागल नै बनेर सहयोग पनि गरेका छन्। पागल को अर्थ पाउनका लागि गतिशील र लगन सिल भएर। तर पाउने चाही के ? धराने जनताका लागि स्वच्छ पिउने पानी।

तपाईँलाई लाग्न सक्छ श्रमदानले देश बन्छ ? आफ्नो नगर श्रमदानले बन्छ ? जनताको मनमा बस्न सकिन्छ ? जन अपेक्षा पुरा हुन्छ ? हो झट्ट हेर्दा प्रभाव धेरै नदेखिने जस्तो हुन्छ तर हामीले धमिराले चिम्टी चिम्टी माटो बोकेर देवल बनाएको देखेका छौ। थोपा थोपा पानीले घैला भरेको देखेको छौ। कमिलाको तातिले मेहनतका साथ दृढ भएर सेवा गरेको देखेको छौ। यस्तै धरानमा पनि परिवर्तन सुरु भैसकेको छ। पानीले दुख भोग्ने गरेका धरान वासी करोडौँको योजना श्रमदान बाट पूर्ण गरेका छन्। पकुवा, राई , भालु खोला, निसाने, सर्दु, खर्दु, कोकाहको पानी धरानका विभिन्न वडाहरूमा आई रहएको छ।

यो प्रथा हो, चलन हो , संस्कार र संकृति हो । श्रम संस्कृतिले देशको धेरै विकास गर्न सक्नेछ यसको उदाहरण पनि हो।यसको प्रवर्द्धन जरुरी छ। धरानमा त श्रम बारले चमत्कार गरेको छ। खानेपानीको समस्यालाई समाधान गर्नमा, बेसार खेतीमा, साबुन फ्याक्ट्री निर्माणमा श्रम बारले परिवर्तन गरेको छ।यसको नेतृत्व त्यहाँका संवाहक मेयर हर्क साम्पाङले गर्नु भएको छ। यो नयाँ प्रयोगको विषय चाही होइन। नेकपा एमले को मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको आफ्नो गाउँ आफै बनाऊ श्रमदानमा विश्वास गरौँ, भनेर पहिला पनि चलेको थियो। तर हाल यो अभियानमा एमाले सक्रिय छैन।

 देश बनाउने हो भने , श्रम संकृतिको विकास जरुरी देखिन्छ। प्रत्येक ब्यत्ति आफ्नो समाज र राष्ट्रका लागि कम्तीमा हप्ताको २ देखी ४ घण्टा श्रमदान गर्ने गर्नु पर्दछ। जसले सभ्य संस्कार विकास हुने गर्दछ।

अभियान सुरु गर्नका लागि सजिलो छ तर त्यसलाई निरन्तर अभ्यासमा जानु सबै भन्दा बढी महत्त्व तथा दृढताको विषय हो। यो सजिलो छैन। तर यसको नेतृत्व धरानका नगर प्रमुख हर्क साङ्पांङ को जस्तो हुन जरुरी छ। यो श्रम संकृतिको विकास सँगै यसको संवर्द्धन गरी श्रम बारको रूपमा विकास र प्रत्येक नागरिकको अनिवार्य दायित्वको विषय बनाउनु पर्दछ। जन श्रमदान बाट अन्य अभियान पनि सञ्चालनमा थिए र छन्। बाग्मती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, पोखराको फेवाताल सफाइ अभियान, चितवनमा वे ग्रुपले गर्ने अभियान धेरै छन् तर धरानमा जस्तो जन व्यापकता अन्य अभियानले पाएको छैन। यसको कारण त्यहाँ को नेतृत्व मेयरले गर्नु भएको छ। मेयर हर्क साम्पाङ व्यासी प्रवृतिको भन्दा पनि अभ्यासी प्रकृतिको हुनुहुदो रहेछ। यसको प्रभाव पनि जन श्रमदानमा, देखिएको छ। अग्रेजी मा एउटा भनाई छ leader are dower not a Observer. नेताले निरीक्षण मात्र गर्दैनन् उनीहरूले काम गर्ने गर्छन् र अरूलाई प्रभावित बनाउनेछन्। lead by example, “Example is leadership.” देशमा मात्र होइन विदेशमा पनि श्रमदानको अभ्यास भएको छ। अब देश बनाउने पालो हाम्रो र देशले यस्तै नेतृत्व खोज गरिरहेको छ। श्रम बार लाई नेपाली क्यालेन्डरमा राख्नै पर्नेछ।

देशले मात्र होइन यो श्रम बार र श्रम संस्कृति विश्वले चिनेको छ र गिनिज बुक अफ वल्ड रेकर्डमा नै समावेश भएका खबरहरु आईरहेको छ। यो दर्शनको कुरा जस्तो देखिन्छ तर वास्तवमा जापान जापनिजले बनाइ, अमेरिका अमेरिकनले बनाइ, चिन चाइनिजले बनाए अब नेपाल पनि नेपालीहरूले बनाउनु पर्नेछ यसको नेतृत्व सुरु भएको छ अब साथ सहयोग गर्ने बेला भएको छ।

असम्भव छैन , ४५ किमी पाइप मानिसले तानेर, भिर, भिर , पाखा, पाखा सयौँ, हजारौँले श्रमदानले गरेर कोकाहको पानी १०० दिन पनी नलागी आउन सम्भव छ भने हरेक कुरा सम्भव छ।अब हर्क साम्पाङ लाई किताबमा पढ्न पाउनु पर्छ।सफल हुने मानिसहरु अरुका इतिहास पढ्दैनन् आफ्नो इतिहास बनाउने गर्दछन्। मेयर ज्युको यो प्रयास सबैको मनमा र हृदयमा पुगोस् जय श्रम बार।

धन्यवाद ।