profile

profile
Hom Nath Timalsina ( Manavsewa )

तिमि कस्तो परिवर्तन भयौ ?

 

तिमि कस्तो परिवर्तन भयौ ?

परिवर्तन सर्वमान्य हुनुपर्छ। कोही वा केही परिवर्तन भयो भन्दैमा अचम्म मान्नु पर्नै नै छैन। किनकि यो संसार परिवर्तनको चक्रमा चलेको छ। साधारण उदाहरण हेरौँ न पानी बाफ बन्छ, बादल बन्छ, फेरी वर्षाको रूपमा यही धर्तीमा बर्सन्छ। पुतली बन्ने प्रक्रिया पनि त्यही छ। अण्डा,लार्भा, प्युपा, पुतली, फेरी अण्डा। हो त्यसैले नै व्यक्ति समाज, मौसम,वातावरण, परिस्थिति अनुसार बदली रहन्छ। कसैलाई थाहा हुन्छ, कसैलाई थाहा हुन्न। जसले थाहा पाएको छ त्यसले स्वीकार गर्छ। जसले थाहा पाएको छैन त्यसले अभिशाप गर्दछ। अरूलाई दोष दिन्छ। वास्तवमा कसले कति परिवर्तन भएको होला भनेर सोच्ने गर्दछ त्यही मानिस पनि परिवर्तन भइरहेको हुन्छ।

परिवर्तन नै त्यो शाश्वत नियम हो जुन अकाट्य छ र ध्रुव सत्य पनि छ।

अब परिवर्तन भएन भने हामी बोर हुन्छौ, हामीलाई नै आशा जाग्दैन, विश्वास लाग्दैन की विना परिवर्तन केही हुन्छ भनेर।

परिवर्तनको बाटाहरू धेरै छ। शारीरिक, मासिक, आध्यात्मिक र परिस्थिति जन्य परिवर्तन। परिवर्तनको पहिलो पहिला सोच हो र दोस्रो पहिला परिवर्तनको निर्णय हो। 

 

Post a Comment

0 Comments