हामी सेवाका क्रममा धेरै ठाउँ पुग्छौ। ठाउँ अनुसार परिवेश, संस्कृति र रीति रिवाज फरक हुन्छन्। मानिसहरूका चाल चलन, स्वभाव फरक फरक हुँदा रहेछ। हुन त प्रकृति पनि त्यही हो। फुल हरूको आफ्नै आफ्नै किसिमका बास्ना हुन्छ। गुलाफको फुल पनि बिउ अनुसार फरक फरक फुल्छन्। आकाश बाट पर्ने पानीको बहाव पनि मौसम अनुसार फरक हुन्छ। पानीको बहाव पनि त्यसका प्रकृति अनुसार फरक हुन्छ। खोलाको बहाव, खोल्साको बहाव, नदिका बहाव, खहरेको बहाव पनि फरक फरक हुन्छ नै।
हामीले यसै सेवाका क्रममा एक अद्भुतको अनुभव लिने अवसर प्राप्त भयो। नेपालका सडक पेटीमा भेटिएका भारतीय नागरिकलाई भारतकै श्रद्धा फाउन्डेसन मार्फत भारतमा पारिवारिक पुन मिलनको सेवा सुरु गरेका छौ। पुन मिलनमा जाँदा स्थानीय पालीकाको सिफारिस आवश्यक पर्ने हुनेले हामीले उद्धार भएको स्थानका प्रमुख हरूलाई सिफारिसका लागि अनुरोध गर्छौ।
एक पटक झापाको एक स्थानीय पालीकाका प्रमुखलाई फोन गर्यौ। हजुरको पालिका बाट उद्धार भएको मानिसलाई भारतमा पुनः मिलन गर्नु पर्ने भयो। हजुरको पालिका बाट उद्धार भएको हो भनेर सिफारिस गरिदिनुस् भनेर। प्रमुखले हुन्छ आउनुस् भन्नु भयो। हामी जाँदा उहाँले भन्नु भएको लवज, शब्दले मन भारी बनायो। शब्द एकै हुन्छ तर यसका भाव भने फरक हुँदा रहेछन् । लवजले शब्दमा प्राण भर्दो रहेछ सायद। खै कुन्नि कसले के भन्यो उहाँलाई। अघिल्लो दिन मिठो आवाजमा कुरा गर्नु भएका मेयरले भोली पल्टै आफ्नो बोलीको सत्ता पल्टाउनु भयो।भन्नु हुन्छ, के थाहा तपाइहरू मानिस बेच्ने काम पो गरिरहनु भएको छ की ? हामी सिफारिस दिन सक्दैनौ। हामी अचम्ममा पर्यौ। हामी अव तपाइहरू सँग सहकार्य पनि गर्दैनौ हामी सिफारिस पनि दिँदैनौ भने भाव राख्नु भयो।
परमात्माको लीला आगोमा फलाम हाले तातो हुन्छ कुटेर जस्तो हतियार बनाउन सकिन्छ। सुन पगालेर जस्तो पनि गहना बनाउन सकिन्छ। यति हुँदा हुँदै हामीले बुझ्नु पर्ने रहेछ। सुनको गहना बनाउन लगाउने आगोको धुवा हुन्छ। र कालो फैलाउँछ। हामीले राम्रो काम गर्दा गर्दै मन सफा पार्दा पार्दै कहिलेकहीँ सफा गर्नका लागि प्रयोग हुने सामान फोहोर भए जस्तै। त्यही फोहोर र कालोको केही रूप मेयरको मनमा पनि दलिएछ भने हामीले सोच्यौ र फर्कियौ। मेयरलाई कोटि कोटी धन्यवाद अर्पण गर्यौ।

0 Comments