न
छोरा आयो, न छोरीहरू आए। न कसैले सोध्यो — “आमा, तपाईंलाई
कस्तो छ?”
बिहानै फोनको घण्टी बज्यो। उठाएँ। तर आजको आवाजमा केही फरक
थियो। त्यो आवाजमा प्रश्न कम, पीडा
धेरै थियो।
“कहाँ पर्यो बाबु?” त्यसपछि आमाले बिस्तारै
भन्नुभयो— लाग्थ्यो, धेरै
वर्षदेखि थामिएका आँसु आज शब्द बनेर पोखिन खोजिरहेका छन्। अब मेरो कोही सहारा छैन।” तर छोरा छोरी हुनु र सहारा हुनु फरक भनेको रहेछ बाबु।” जसका लागि आफ्नो भोक, निद्रा, इच्छा
सबै त्याग्नुभयो, आज तिनै सन्तान हुँदाहुँदै
पनि एउटी आमा मन्दिरमा बस्न बाध्य हुनुहुन्छ।
‘आमा, म
तपाईंलाई आफैँसँग लैजान्छु, ऋण तिर्छु भन्यो। तर न ऋण तिर्यो, न मलाई
लग्यो।” उहाँ फेरि रोकिनुभयो। अरूका घरमा दशैँ आयो होला, टीका
लाग्यो होला, आशीर्वाद बाँडियो होला। तर मेरो निधार खाली रह्यो। कसैले ‘आमा, तपाईं
कहाँ हुनुहुन्छ?’ भनेर पनि सोधेन।” उही आमा १४ वर्षदेखि आफ्नै
सन्तानको बाटो हेरेर बस्नुपरेको छ। त्यो पनि सुटुक्क आश्रमको
नाममा गरिदिन्छु। मलाई तपाईंहरूको शरणमा
लिनुहोस्। उहाँले झन् डराउँदै
भन्नुभयो— त्यसले पनि पाल्दैन। अनि तपाईंहरूले कुरा
गर्नुभयो भने तपाईंहरूकोमा पनि बस्न दिँदैन। त्यसैले म नाम दिन्नँ। मसँग नम्बर पनि छैन।” आफ्नै सन्तानको नाम भन्न
पनि डराउनु परेको छ। आफ्नै पीडा सुनाउँदा पनि
सहारा गुम्छ कि भन्ने डर छ। आफ्नै बुढ्यौली बचाउन पनि
लुक्नुपर्ने अवस्था छ।
“मलाई शरण दिनुहोस्” भनेर। प्रश्न हाम्रो समाजको हो। प्रश्न हाम्रो संस्कारको
हो। प्रश्न छोराछोरी हुनुको
अर्थको हो। प्रश्न आमा–बुवाको
सम्पत्ति चाहिने तर जिम्मेवारी नचाहिने मनस्थितिको हो। आज बुढ्यौलीमा उहाँ आफैँ
काख खोज्दै हुनुहुन्छ। आमाले सन्तानलाई घर
दिनुभयो। आज उहाँ आफैँ आश्रय खोज्दै
हुनुहुन्छ। आमाले सन्तानलाई नाम
दिनुभयो। आज उहाँ आफ्नै सन्तानको
नाम भन्न डराइरहनुभएको छ। तर एउटी आमाको आँसु
देखेपछि मौन बस्न पनि सकिएन। अब मेरो कोही सहारा छैन।” आमाको बाँकी जीवनलाई
सुरक्षित, सम्मानित र ममतामय बनाउन अब के गर्नु उचित होला? 🙏 उताबाट एउटा वृद्ध आमाको काँपिरहेको स्वर आयो— “ बाबु, यो आश्रम हो ? ” मलाई यस्ता फोनहरू धेरै आउँछन्। मैले भनेँ— “हो आमा, आश्रम नै हो।” आमाले फेरि सोध्नुभयो— मैले भनेँ— “हजुरले जहाँ फोन गर्नुभएको
हो आमा, त्यही पर्यो।” केहीबेर मौनता छायो। “ए हो र बाबु… त्यसो भए भेट
गर्नु पर्ने थियो।” मैले भनेँ— “किन होला आमा? फोनमै
कुरा गरौँ न।” उहाँले भारी मनले भन्नुभयो— “मोबाइलमा पैसा छैन बाबु…” त्यो शब्द सुन्दा मन एकछिन रोकियो। मैले भनेँ—“ठिक छ आमा, तपाईं
राख्नुहोस्, म आफैँ फोन गर्छु।” मैले फेरि फोन गरेँ। फोन उठ्नेबित्तिकै आमाको स्वर अझै भारी थियो। उहाँले रुँदै भन्नुभयो— “बाबु, मलाई
तपाईंहरूको शरणमा लिनुहोस्। मैले बिस्तारै सोधेँ— “आमा, छोरा–छोरी
कोही हुनुहुन्न?” उहाँले भन्नुभयो—“छन् बाबु, छन्। एक छोरा छ, तीन
छोरी छन्। आमाको यो वाक्यले मुटु चिरियो। जीवनभर जसका लागि बाँच्नुभयो, आमाले भन्नुभयो—“बाबु, छोराले
पहाडमा भएको धेरै जग्गा–जमिन पनि लियो। यहाँ भएको १० कठ्ठा
जग्गामध्ये ४ कठ्ठा पनि बेच्यो। लाग्थ्यो, अब आँसुले
नै बाँकी कुरा बोलिरहेको छ। फेरि भन्नुभयो—“१४ वर्षका दशैँ गए बाबु… १४ वर्षसम्म न छोरा आयो, न
छोरीहरू आए। एउटी आमाका लागि योभन्दा ठूलो पीडा के हुन सक्छ? जसले सन्तानको निधारमा टीका लगाएर आशीर्वाद दिनुपर्थ्यो, आमाले अझै भन्नुभयो—“घर नजिकैको सहकारीमा
राखेको तीन लाख रुपैयाँ पनि डुब्यो बाबु। अब मसँग ६ कठ्ठा जमिन छ, एउटा
सानो घर छ। "अब म सन्तानको भर पर्न
सक्दिनँ।” यो सुनेपछि मेरा शब्दहरू हराए। मैले आमासँग छोरा–छोरीको नाम सोध्न खोजेँ। “नाम नलिनु बाबु। कति ठूलो डर होला त्यो आमाको मनमा? आज एउटी आमा रुँदै फोन गर्नुहुन्छ— तर प्रश्न एउटी आमाको मात्र होइन। आमाले जीवनभर सन्तानलाई काख दिनुभयो।
अब हामी जनसमुदायसँग मनैदेखि सुझाव माग्न चाहन्छौँ। १) यस्तो अवस्थामा आमाको बाँकी रहेको ६ कठ्ठा जमिन र सानो घर आश्रमको
नाममा गरेर आमालाई आश्रमको संरक्षणमा राख्दा के उचित होला? २) आमाको सम्पत्ति लिएर पनि आमा नहेर्ने, बुढ्यौलीमा मन्दिरमा बस्न बाध्य पार्ने त्यस्ता छोरा–छोरीलाई समाजले
के भन्नुपर्ला? कानुनी र सामाजिक रूपमा के
गर्नुपर्ला? ३) आमा–बुवाको सम्पत्ति चाहिने, तर आमा–बुवाको आँसु
नदेख्ने सन्तानलाई कसरी जिम्मेवार बनाउने?
हामी कसैको अपमान गर्न चाहँदैनौँ। हामी कसैलाई दोषी ठहर गर्न
अदालत होइनौँ। आज उहाँले फोनमा भन्नुभएको वाक्य कानमा गुञ्जिरहेछ— “बाबु, मलाई
तपाईंहरूको शरणमा लिनुहोस्। के एउटी आमा यस्तो भन्न बाध्य हुनुपर्ने समाज हामीले बनाएका हौँ? कृपया मनदेखि सुझाव दिनुहोस्।
0 Comments