बेलायत पछि अब हेटौडामा आमा सेमिनार
धर्तीमै छ
सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्मदिने आमा बाबा पाइँदैन कसै गरी
मानवसेवा
आश्रमले आफ्नो मानवता प्रवर्द्धन कार्यक्रम अन्तर्गत आमा सेमिनार कार्यक्रम आयोजना
गरिएको छ ।यही असोज १४ गते आइतबार १ दिवसीय आमा सेमिनार
हुन लागेको हो। हेटौडाको ओम्याक्स सिनेमा हलमा दिनको ३ बजे देखी ६ बजे सम्म चल्ने छ।
कार्यक्रममा
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम, र आफूलाई जन्मदिने माता पिताको महत्त्व बोध गराई, प्रेम, सद्भाव,क करुणालाई
जन जनमा , मन मनमा पुर्याउने उद्देश्यले आयोजना गरिएको छ।
सहयोगापेक्षी
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्ने
राष्ट्र व्यापी रूपमा मानवता प्रवर्धनको कार्यक्रम आयोजना गरिरहेको छ। साउन १३ गते
पर्सा वीरगन्ज टाउन हलमामा ७०० जनाको सहभागितामा र साउन २७ गते शनिवार १
आमा सेमिनार सम्पन्न गरी यही १४ गते मकवानपुर हेटौडामा कार्यक्रम
हुन लागेको हो।
भाद्र २०
देखी असोज १२ गते सम्म २२ दिन बेलायतका
विभिन्न सहरमा आमा सेमिनार सम्पन्न गरी मानवसेवा आश्रमको केन्द्रीय अध्यक्ष रामजी
अधिकारी सहितको टोली असोज १२ गते नेपाल आउने बित्तिकै आफ्नो गृह जिल्ला मकवानपुर
हेटौडामा आमा सेमिनार हुन लागेको हो। यही असोज २० गते कास्की पोखरा र २७ गते मेचीनगर
झापा मा हुने छ ।
देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले यो सेमिनार मकवानपुर जिल्लालाई केन्द्र बनाई जिल्लास्थित सम्पूर्ण जन प्रतिनिधिहरू लाई कार्यक्रममा सहभागी गराइने छ।
कार्यक्रममा आमा समूह, टोल विकास
समिति, युवा समूह वा क्लब, शिक्षक - शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक सङ्घ संस्थाको प्रतिनिधिहरू, जन
प्रतिनिधिहरू गैर सरकारी संस्थाका प्रतिनिधिहरू, महिला
स्वास्थ्य स्वयं सेविकाहरू, सञ्चार कर्मीहरू समेतलाई समेटेर कार्यक्रममा ४०० जना सहभागिता जनाउनेछन्।
कार्यक्रमको व्यवस्थापन मानवता अध्ययन केन्द्रले गर्ने छ।
जन जनमा सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र
सामाजिक भावनासहितको असल, आत्म संयमित, विवेकशील र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न शीर्षकमा कार्यक्रमहरू हुने
गरेका छन्। मानवसेवा आश्रमले आयोजना गर्ने सम्पूर्ण
कार्यक्रम निःशुल्क गर्ने गरेको छ। सहभागीले आश्रमका लागि वा अन्य स्थानमा यस्तै कार्यक्रम
सञ्चालन गर्नका लागि स्वइच्छाले दान गर्न सक्ने छन्।
आमा सेमिनार किन ?
क) सामाजिक
तथा पारिवारिक भावना जगाई जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक बनाउने।
ख) आमा
बाबाको महत्त्व र महिमा बोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमि प्रतिको
सम्मान बढाउने।
घ) म, मलाई र
मेरो परिवार भन्दा माथि मानवीय सेवाको लागि प्रेरित गर्ने।
ङ)
व्यक्तिमा सृजनशीलता, रचनात्मकता, सामाजिक मूल्यमान्यताहरू सहित सकारात्मक सोचको विकासका लागि पथप्रदर्शन गर्ने।
च) अहङ्कार, रिस, घमन्ड, लोभ जस्ता नकारात्मक मानवीय संवेगहरूलाई कम गरी दया, प्रेम, स्नेह, करुणा, अनुशासन जस्ता सकारात्मक आचरण विकासका लागि प्रेरित गर्दै सामाजिक व्यक्तित्व निर्माणमा सहयोग गर्ने।
छ)
पारिवारिक सम्बन्धमा बढेको तिक्ततालाई न्यूनीकरण गरी सम्बन्ध सुमधुर बनाउने।
ज)
सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपालको (Mission2082) लक्ष्य प्राप्तिका लागि आधार तय
गर्न।
कार्यक्रमको
प्रमुख प्रशिक्षकको रूपमा देश विदेशमा ख्यातिप्राप्त मानवसेवा आश्रमका संस्थापक
केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले प्रशिक्षण प्रदान गर्नु हुनेछ। कार्यक्रममा
सहभागीले पास लिएर जानुपर्ने छ। कार्यक्रमको थप जानकारी मानवसेवा आश्रमको मुख्य
कार्यालय वा फोन: ९८५५०७६००२, ९८५५०७६०१४
मा सम्पर्क गर्न सक्नु हुनेछ ।
ईमेलः humanitynepal2022@gmail.com





0 Comments