सकारात्मक सोच (Positive Thinking)
सोचाई नै जीवनको आधार हो।
सकारात्मक जीवनको आधारशिला भनेकै सकारात्मक सोच हो । धेरै मानिस सकारात्मक जीवन
शैलीको बारेमा चर्चा परिचर्चा गरिरहेका हुन्छन् तर वास्तवमा सकारात्मक सोच भनेको
चाहिँ के भन्ने कुरा थाहा (बोध) हुनु जरुरी छ। कस्तो सोचाई सकारात्मक हो र सकारात्मक
सोचाइ कसरी प्राप्त हुन्छ। सकारात्मक सोचाइ भएका मानिस के गर्छन् । यी सामान्य
प्रश्न सबैको मनमा उठ्न सक्छन्। कुनै पनि सोच, घटना वा परिघटनाहरू नकारात्मक र
सकारात्मक हुँदैनन् । त्यस घटनामा मानिसले गर्ने प्रतिक्रियाको आधारमा
सकारात्मकता र नकारात्मकताको पहिचान हुन्छ। जस्तै एक जना वृद्ध व्यक्तिको देहावसान
हुन्छ उसलाई उसका साथी भाइ, आफन्त, सम्झाउनुहुन्छ जे हुनु भयो , ईश्वरको खेल, भावीले लेखेको , संसारका सबै जना एक
दिन त जानु नै छ। सम्झाउनको लागी सम्झाउनु हुन्छ अव त्यही व्यक्तिको परिवार मा
पनि देहावसान हुँदा त्यही भावका साथ जीवन चलाउन र आफ्नो मनलाई बसमा राख्न सक्नु
हुन्छ त ? हो
पहिलो घटना एक व्यक्तिले सकारात्मक भयो र अर्को घटनामा त्यही व्यक्ति नकारात्मक
भयो किनकि उसले सत्यलाई स्विकार्न सकेन।
बदल्न सक्ने विषयलाई बदल्ने, बदल्न नसक्ने विषयलाई
स्वीकार गर्ने शक्ति हामीले अर्जन गर्नु पर्दछ। यो नै सकारात्मकताको सरल बाटो हो ।
तर यो भन्न सजिलो तर हिँड्नको लागी अत्यन्तै गाह्रो विषय पनि हो । आफूमा निहित
कुराको खोज, अनुसन्धान, र उजागर ता नै
सकारात्मकता हो । सत्य कुरा नै सकारात्मकता हो । झुट, बेइमानी, वा अरूलाई देखाउनको
लागी गरिने कर्म, कुरा, कहानी कदापि कहिल्यै सकारात्मक हुन सक्दैन ।
सकारात्मक बानी तथा आचरणको
विकासको लागी खान पानको महत्त्वपूर्ण भूमिका रहन्छ । संसारका धेरै उत्कृष्ट
मानिसहरू जसले इतिहासको पानामा नाम लेखाए, जो उत्कृष्ट दिमाग भएका वैज्ञानिकहरू, आविष्कारकहरू, समाजसेवीहरू, विश्व प्रसिद्ध
व्यापारी, संसार
हल्लाउन सफल राजनीतिज्ञ धेरै शाकाहारी नै थिए । मतलब उनीहरू अरूको जीवन नास गरेर
आफ्नो भोजको तयारी गर्दैन थिए ।जस्तो अन्न त्यस्तै ब्रह्म भने जस्तै संसार यस्तै
भयो ,हामीले
हाम्रो बानी दैनिकीलाई सदा सकारात्मक बनाई रहनका लागि केही सामान्य तथा केही गहन
प्रयत्न गर्न जरुरी छ । हाम्रो मन एक दमै चञ्चल हुन्छ मिनेट मिनेटमा धेरै सोच आउँछ
ती सोचमा हामीले आफ्नो धारण राखेर हामीले गर्ने कर्म नै सकारात्मक वा नकारात्मक हो
। जीवन हिलोमा फुलेको फुल हो वा जाबो हिलोमा फुलेको कमलको फुल हो । हामीले सोच्नु
पर्ने बेला भएको छ ।एउटा कलम सँग पनि हामीले हाम्रो सोचलाई तुलना गरेर हेर्न सक्छौ
। कलम आफैमा सकारात्मक वा नकारात्मक हुँदैन, त्यसलाई समात्ने व्यक्ति बा लेखिएका शब्द को आधारमा
निर्धारण हुने गर्दछ ।At All Right time, Right place, Right think is
positive
एक पटक एक जना भिक्षु र उनका चेला भिक्षा टन र ज्ञान चर्चाको लागी आफ्नो कुटी बाट टाढा जानु भएको थियो उहाँहरूले आफ्नो बास स्थान छोडेको दुई तिन हप्ता पछि फर्कँदै गर्दा बाटोमा ठुलो आधी हुरी आयो केही समय बाटो मानै विश्राम गरी आफ्नो कुटिमा पुग्नुहुन्छ। अघिको बेजोड हुरीले कुटिको आधा भाग उडाएको हुन्छ यतिकैमा उनको शिष्यले भगवान् लाई गाली गर्न थाल्दछन् । हामी भने आफ्नो घरबार, धन दौलत सबै छोडेर हजुरको सेवामा समर्पण भएको छै तपाई भने हामी जोगी भएको यति एउटा कुटी पनि तहस नहर पारिदिनुहुन्छ । यो साँझमा हामी काहा बस्न जाने भगवान् पनि कस्तो निर्दयी ? यतिकैमा भिक्षु आकाश तिर आँखा लगाउँदै भन्नुहुन्छ , हे भगवान् लाख लाख धन्यवाद छ हजुरलाई यति टाढा बाट आउँछौ थकाई लाग्ला भनेर आराम गर्नको लागी यत्रो आधी हुरीबाट पनि आधा कुटी केही प्रभाव नपर्ने गरी बचाई राखिदिनु भएछ। धेरै धेरै धन्यवाद छ ईश्वर तपाईँलाई सदा तपाईँको यस्तै अपार प्रेम र करुणा पाई रहु भन्नु भयो चेला केही बोल्न सकेनन् ।
सकारात्मक सोच भनेको कुनै घटना
तपाईँले सोचेको जस्तो हुनु होइन । जुन घटना हुन्छ त्यसमा तपाई हामी कस्तो व्यवहार
गर्छौ त्यो व्यवहार नै सकारात्मक र नकारात्मक हो । मानिसले जीवनलाई धेरै सामान्य
रूपमा लिएर पनि सकारात्मकता चाही रहेको हुन्छ। सामान्य कुरा मानेर सकारात्मकतालाई
नकार्न सकिन्न सकारात्मकता जीवनको प्रतिबिम्ब हो । अनि सकारात्मक सोच मानिसको
मौलिक अधिकार भित्र पर्नु पर्ने विषय हो । खाना, स्वास्थ्य, शिक्षा, आवास जस्तै सदा
आनन्दित , प्रेरणादायी, उत्प्रेरक जीवन
जिउनको लागी धेरै महत्त्व राख्ने विषय भएकोले यसलाई जीवन शैलीको मुटु पनि मान्न
सकिन्छ । सकारात्मकतालाई हामीले हाम्रो साकार बनाउनु पर्दछ । बानी बनाउन सक्नु
पर्दछ। बिहान चम्किलो प्रकाश लिएर उदाउने सूर्यको किरण जस्तै बिहानी हामीले सोच्ने
कुराहरूमा निर्भर पर्दछ। यसको विकास हाम्रो जीवन विकासको आधार हो।
भनाई
नै छ जस्तो सोचाई त्यस्तै प्रतिफल , सोच बगैँचा हो यहाँ जस्तो रोप्यो त्यही फल प्राप्ति
हुन्छ । सकारात्मक सोचको विकास कसरी हुन्छ त्यसको एउटा विधि छ ।घ्यू निकाल्नको
लागी दुग्धलाई तताएर दही बनाई दहीलाई मोथेर निकालिन्छ । त्यस्तै सोच सकारात्मक
हुनको लागी खानपान, जीवन शैली, उचित हुन जरुरी छ। खानामा अरूको आँसु र मासु नमिसिएको
होस् , मति
र गति नबिग्रिने खानपान हामीले गर्न सक्नु पर्दछ। हाम्रो जीवन कस्तो
हुन्छ भन्ने कुरा हाम्रो खानपानमै निर्भर गर्दछ । जैसो अन्न तै सा बम्ह्र भने
जस्तै हामीले खाने खानाको सुद्धी जरुरी छ। आहार, विहार र व्यायाम नै हाम्रो
सकारात्मक सोचको बीज हो ।



0 Comments