समादरणीय
व्यक्तित्व, योगाचार्य, डा.राजु
अधिकारीज्यूद्वारा लिखित पुस्तक जिन्दगी रिल्याक्स प्लिज लाई फाइन पेन्टले प्रकाशन गरेको हो। नेपाली
पाठकहरूमा उत्प्रेरणादायी र जीवन दर्शनको छवि बनाउनु भएका लेखक डा.राजु अधिकारीको
पुस्तक प्रति धेरै अपेक्षा हुनु सामान्य कुरा हो। यो पुस्तक जिन्दगी रिल्याक्स
प्लिज ? पढ्नुहुने पाठकले मनमा सन्तोष पाउनुहुनेछ, प्रेरणा र नयाँ जीवन
शैलीको आधार भेट्टाउनु हुनेछ। पुस्तकले सुख, शान्ति, आनन्दको चाहना राखेर प्राप्त गर्न नसकेकाहरूलाई नयाँ
मार्ग दर्शन गर्न खोजिएको छ। दिन चर्याको परिवर्तनले जीवन परिवर्तन हुनेछ । त्यसका
लागि पहिला आफै परिवर्तन हुनुपर्छ भन्ने धारणा लेखकको छ।
पुस्तक
२ भागमा लेखिएको छ, पहिलो भाग जिन्दगी रिल्याक्स प्लिज र दोस्रो भाग
चम्कियोस् जिन्दगी चुलियोस् खुसी छन्। पुस्तकका अन्त्यमा रिल्याक्स हुने सानदार
सूत्र र खुसीका २० सौगात ले पुस्तकलाई जीवन्त बनाएको छ।
आज
हामी यही पुस्तकका महत्त्वपूर्ण कुराहरूलाई हजुरहरूको माझमा प्रस्तुत गर्ने छौ।
१) जे
खोज्नु हुन्छ त्यही पाइन्छ, जहाँ गए पनि हामीलाई त्यही चाहिन्छ “प्लिज रिल्याक्स जिन्दगी”।
२) जिन्दगी
सुन्दर भएर मात्र हुँदैन, आनन्दित पनि हुनु पर्छ, साथै आनन्दले मात्रै पनि जिन्दगी पूर्ण हुँदैन सुन्दर
पनि हुनुपर्छ।
३) खुसी
भोलिलाई साँच्नु छायालाई सक्कली बस्तु मान्नु जस्तै हो।
४) जसको
मन मस्त छ, ऊसँग
समस्त छ । जसको शरीर स्वास्थ्य छ, उ तन्दुरुस्त छ। जसको हृदयको भावना उदात्त छ, उसको आनन्दको भवन
उच्च छ।
५) आकाशमा
जति सुकै उडान भरोस एक न एक क्षण चराले भाइमा ओर्लनै पर्छ ।
६) पानी
स्वभावैले तरल हुन्छ। आगो स्वभावैले उष्ण हुन्छ। समय स्वभावैले गतिशील हुन्छ ।
चट्टान स्वभावैले जडरत हुन्छ।
७) कुनै
व्यक्ति अप्रसन्न रहन्छ भने यो उसैको दोष हो। प्रकृतिले त प्रत्येक मनुष्यलाई
प्रसन्न रहनकै लागि निर्माण गरेको हो।
८) प्रसन्नता
बाँड्ने कहिल्यै दरिद्र हुँदैन, बरु उ बाट प्रसन्नता पाउने व्यक्ति कृत कृतज्ञ नभई रहनै
सक्दैन। प्रसन्नता त्यो सुगन्धित चन्दन हो अरूको निधारमा लगाइदिने हात समेत आफै
सुगन्धित हुन्छ।
९) प्रसन्न
रहन जान्नु एउटा कला हो। उच्च कोटिका मानिसको त यो विशेषता नै हो ।
१०) डाक्टरी
को चेतावनी। चीनी, नुन, मैदा, चामल, डाल्टा घ्यू नखाने।
११) नछुटाई
गर्नुहोला ।
·
प्रातकाल शीघ्र जागरण ।
·
सन्तुलित, सादा, सात्त्विक एवं
प्राकृतिक खानपान ।
·
बिहानको समयमा नियमित योगा सन, प्राणायाम, मर्निङ वाक कसरत।
·
नियमित र सतत, ध्यान-जागरण ।
·
कर्मयोग, ज्ञान योग, भक्ति योगको यथाशक्य
अभ्यास ।
·
असल सङ्गत ।
·
नैतिक एवं इमानदार स्वभाव ।
·
आयुर्वेद अनुसरण ।
·
सकारात्मक विचार शैली बेलाबेलामा
।
·
शारीरिक मानसिक स्वास्थ्य
परीक्षण ।
·
आस्थावान् आस्तिक, आध्यात्मिक एवं
आशावादी मार्गको अवलम्बन ।
१२) सन्तुलित
भावना र सम्यक् विचार नै ऊर्जा र आनन्दको अविराम स्रोत हो।
१३) जिन्दगीको
यात्रामा कसरी मध्यमार्गी हुने यो प्रश्न एक विद्यार्थीले गुरुलाई सोधेछन्। गुरु
जीको उत्तर यस्तो थियो? यदि तिमी सुख चाहन्छौँ भने समता सिक। समताका लागि ज्ञान
चाहिन्छ। पेट भर्ने डिग्री ज्ञान होइन, विवेक ज्ञान। विवेक ज्ञान प्राप्त गर्ने एउटै बाटो छ
नित्य (अजर अम्बर) र अनित्य (क्षणभङ्गुर) बिच फरक छुट्टाउने साधना।
१४) धनी
देशमा पनि मान्छेहरू त्यति नै दुखी छन्, जति गरिब देशमा पनि छन्। जीवनका दुई पक्ष जसले हाम्रो
खुसीमा सधैँ भन्दा ज्यादा असर पुर्याउँछ। ती हुन् धर्म र विवाह।
१५) सुख
र दुःखको गणित अरू गणित जस्तो नभएर विलक्षण किसिमको हुन्छ। गणितमा एक एक जोडी भने निःसन्देह दुई हुन्छ। तर
सुख दुखको गणितमा शून्य पनि हुन सक्छ र ११ पनि हुन सक्छ।
१६) पैसा
र सफलता थोरै समयका लागि मात्रै सुखको कारण बन्न सक्छ ।
१७) परिस्थितिको
तुलनामा मनस्थिति कयौँ गुणा महत्त्वपूर्ण हुन्छ।
१८) तनावपूर्ण
भएर बाँच्नु भन्दा बेवकुफ हुनु अधिक राम्रो हो।
१९) आवश्यकता
घटाउनुहोस् र हर परिस्थितिसँग तालमेल बनाउनुहोस्।
२०) व्यवस्थित
रहन अरूलाई काम सुम्पन र कामको निरीक्षण गर्न सिक्नुहोस्।
२१) भयको
भूत, डर
को दंश, बेचैनीको
बाघ, पश्चात्तापको
सिंह, अस्थिरताको
अजिङ्गर र पश्चात्तापको पीडा तनावले
आफूलाई आफैँसँग लिएर आउँछ।
२२) तपाईँ
कसैको खुसी लेख्ने पेन्सिल बन्न सक्नुहुन्न भने पनि कम्तीमा उसको निराशा मेटाउने
इरेजर त बन्न सक्नु हुन्छ नि होइन र ?
२३) दुःख
बाँड्यौ भने त्यो कहिल्यै घट्दैन तर प्रसन्नता बाँडेन भने घट्दै जान्छ र एक दिन विन्दुमा पुगेर समाप्त हुन्छ।
२४) जिन्दगीका समस्याहरू ईश्वरसँग बाँड जब कि आफ्नो आनन्द सबैसँग बाँडे।
२५) मान्छेहरूको
दिमागमा अर्को एउटा भ्रम छ।
त्यो आम भ्रम के हो भने जीवनमा खुसी र सफलता भाग्य बलियो हुनेले मात्रै
पाउँछ।जीवनमा खुसी र सफलता भाग्यमा विश्वास गरेर होइन आफू स्वयंमाथि विश्वास गरेर
मात्रै हासिल हुन्छ।
२६) काँडाको
सङ्ख्या धेरै र फुलको सङ्ख्या थोरै हुँदा पनि हामी त्यसलाई काँडाको बोट भन्दैनौँ गुलाब या फूलको बोट नै भन्छौ
होइन र?
२७) ईश्वरीय
मस्तिष्कको यो मानव रचना यस्तै छ ।यहाँ खुसी दिए खुसी बढ्छ । दुःख दिए दुख । तथापि
यो परनिर्भर कहिल्यै हुँदैन स्व निर्भर हुन्छ। मलाइ फलानोले दुःख दियो या फलानोले
रिस उठायौ भन्छौ । यसो भन्न छाडौँ अबदेखि। वास्तवमा दुःख उसले दिएको होइन तपाईँभित्र दुःखको
भण्डार थियो। त्यसैले त उठाएपछि उठ्यो । दुख उसले दिने होइन दुःखी मनुष्य भित्र
सञ्चित दुखलाई ब्युँझाएर उठाएको मात्रै हो। यदि तपाईँ भित्र सुखै सुखको भण्डार
भएको भए उसले जे दिँदा पनि भित्रबाट सुख नै उठ्थ्यो। दुख उठ्ने नै थिएन।
२८) दुर्व्यसनलाई
शास्त्रीय भाषामा वासना भनिन्छ।
२९) ओरालो
हिँड्न सजिलो हुन्छ, उकालो हिँड्न कठिन। कसैको निन्दा गर्न अति सजिलो छ, असली प्रशंसा गर्न गाह्रो छ।
फोहोर मैला सजिलै उब्जन्छ तर सरसफाइ कायम राख्न परिश्रम चाहिन्छ।
३०) अण्डा
बाहिरबाट फुट्यो भने अम्लेट बन्छ। तर शौचालयमा पुगेर कहानी समाप्त हुन्छ। भित्रबाट
फुट्यो भने जीवनको सुरुवात हुन्छ। अण्डा बाहिरबाट फुट्नु भनेको बाहिरी निशाको
क्षणिक उत्तेजना हो। भित्रको नैसर्गिक नशा त्यो हो, जसको रस वर्तमानमा पनि आनन्ददायक
हुन्छ र भविष्यमा पनि जीवन प्रदायक। यसले अनेकौँ जीवन जन्माउँछ। अनि त्यसले पुन
अनेकौँ नवजीवन लाई जन्म दिन्छ। भित्री नशाको सुव्यसनी हुनु नै मानवको ध्येय
हुनुपर्छ। बाहिरी नशा त कायर र आत्महीनहरुको परिचायक हो।
३१) थकावट
शारीरिक होइन मनोभावनात्मक क्रिया व्यापार हो।
३२) चिन्ता
सँग लड्न नजानु जवानीमै मर्नु जस्तै हो। चिन्ताको अग्नि चिताको अग्नि भन्दा पनि
मन्द हुन्छ। तर यसको पोलाइ चिताको अग्निको तुलनामा अधिक पीडादायी हुन्छ। चिन्ता
कहिल्यै एकल यात्रा गर्दैन। आफूसँग रोग, शोक, भय, स्वार्थ र घृणा समेतलाई साथ लिएर आउँछ।
३३) सय
काम छोडेर खाना खानु।हजार काम छोडेर स्नान गर्नु।लाख काम छोडेर दान दिनु र करोड
काम छोडेर भगवत् स्मरण गर्नु तर आज गङ्गा उल्टो बगेको १०० काम छोडेर फास्ट फुड
खान्छन्। हजार काम छोडेर अर्काको टीकाटिप्पणी गर्छन्। लाख काम छोडेर टिभी हेर्छन्
अनि करोडको काम छोडेर फेसबुक चलाउँछन्।
३४) अग्नि
कुण्डमा हालेको काठको दाउरालाई अग्निले आफूजस्तै बनाउँछ।
३५) मन
प्रफुल्लित होस्, अन्तः करण आह्लादित होस्, मुख अलाङकृत होस्।
३६) बोल्न
पैसा लाग्दैन पूर्णता निःशुल्क छ। तर शब्द छान्न जानिएन भने यसले जिन्दगीभर ऋण
बोकाउँछ।
३७) बोल्न
पनि नजान्ने र चुप लाग्न पनि नजान्नेहरूको झन् कति कन्तबिजोग हुने हो।
३८) फेसबुकमा
साथीको सङ्ख्या सय र हजार तर रियल जिन्दगीमा छिमेकीसँग समेत बोलचाल बन्द। कतै
यस्तो त भइरहेको छैन तपाईँको जीवनमा?
३९) निधन
नभएसम्म धनको पछि दौडने प्रवृत्तिले कहिल्यै छोड्दैन।
४०) भोक
मिठो कि भोजन।
४१) खुसीको
विचार गर्नुहोस्, खुसीकै अभिनय गर्नुहोस्। तपाईँ खुसीको अनुभव गर्न
थाल्नु हुनेछ।
४२) हप्तामा
७ बार हुन्छन्। आठौँ बारको नाम हो परिवार। यो आठौँ बार ठिकठाक छ भने बाँकी ७ बार पनि तपाईँ खुसी
रहन सक्नुहुन्छ।
४३) अप्रसन्न
हुनुहुन्छ भने बाहिर निस्कनुहोस् र सेवामा लाग्नुहोस्।
४४) अरूले
गरेको निन्दा र दुर्व्यवहार मप्रति होइन। अरू कसैप्रति हो अथवा निन्दा या
दुर्व्यवहार गर्ने व्यक्ति पागल हो भनेर मानिलिने हो भने व्यक्ति सदा सुखी रहन्छ।
४५) खुसी
ठ्याक्कै पुतलीजस्तै हुन्छ। उसलाई समात्न कोसिस गर्यो भने टाढा टाढा भाग्छ र? यदि शान्तिपूर्वक
विश्रान्ति बस्ने हो भने चुपचाप आएर हाम्रै काँधमा बस्छ।
४६) ए
कति धनवान् सेठ रहेछन्। परिवार आफन्त-पराई नातागोता कोही नभनी रातदिन घोटिनु उनको
दैनिकी थियो। यसै गरेर उनले अकुत सम्पत्ति थुपारेका थिए।
एक
दिन बिहानको कुरा हो। कालदुत यमराज उनलाई लिन भनेर आयो म तिमीलाई लिन आएको
हुँ तिम्रो दिन पूरा भयो मसँग हिँड यमराजले भन्यो।यमराजको कुराले उनी सुरुमा त
मुस्कुराएँ तर भित्रभित्रै अत्यन्तै मर्माहत भए। हुन पनि हो उनलाई अझै कति
सम्पत्ति जोड्नु थियो। कति थुपार्नु थियो।
सेठजीले
यमराजलाई भने महोदय म अथाह सम्पत्तिको मालिक हुँ म २० करोड दिन्छु। मलाई अरू केही
दिन जिउने इच्छा छ पूरा गरिदेऊ न।
यमराजले
भने।अहँ हुँदैन। काल आएपछि आयो, आयो।
त्यसो
भए मलाई आज एक दिनको समय देऊ न त म तिमीलाई ५० करोड दिन्छु। यमराजले बन्यो असम्भव।
यमराजको हट बाध्यतालाई।जित्ने प्रयास गर्दै सेटले फेरि भने।मेरो भएभरको सम्पत्ति
तिम्रै भयो मात्र एक
घण्टा समय तिमी सँग माग्दछु।यमराजले
भन्यो हुनै सक्दैन।
त्यसो
हो भने एउटा पत्र लेख्नै आखिरी इच्छा छ। यति त समय दिन्छौ होला नि, सेठले भने ।उनको कुरा
सुनेपछि यमराजको उत्तर आयो ल हुन्छ। एउटा पत्र लेख्ने समय चाहिँ म तिमीलाई दिन्छु।
ती सेट महोदयले तपाईँ हाम्रो नाममा लेखिएको पत्र।
बेलैमा चेत्नुहोला
है बाकी ...................पुस्तकमा
४७) आफूभित्र
प्रवेश गर।गहिरो भन्दा पनि अझ गहिरो जाऊ। तिमी पाउनेछौ कि जीवन प्रेम आदर्श र
आनन्दले भरिपूर्ण छ।यसैको
खोजी मानव जीवनको ध्येय हुनुपर्छ।
४८) अविवेकी
व्यक्ति असल परामर्शलाई पनि घाटा हुने हो की भन्ने आशङ्काले तिरस्कार या उपेक्षा
गर्दछ।
४९) कुरा
थाहा नहुने कोही छैन थाहा भएर मात्रै नहुँदो रहेछ बोध हुनुपर्ने रहेछ।
५०) बाहिर
र आन्तरिक जीवनको सुव्यवस्था नै उन्नतिको सर्व परी सोपान हो। यसरी बाँचेको जिन्दगी
ले मात्रै असली आनन्द दिन्छ।
५१)
त्यसैले त होला कसैले यसो भनेको ,
जीवन
एक सुयोग हो, परिपूर्ण लाभ
उठायोस्।
जीवन
एक स्वप्न हो, साकार गरेर
देखाइयोस्।
जीवन
एक आनन्द भूमि हो, पूर्ण रूपले आनन्द
लिइयोस् ।
जीवन
एक चुनौती हो, डटेर सामना गरियोस् ।
जीवन
एक सङ्घर्ष हो, बहादुरी बहादुरीपूर्ण
लडियोस् ।
जीवन
एक कर्तव्य हो, पूर्ण रूपमा निर्वाह
गरियोस्।
जीवन
एक खेल हो, खेलाडी भावनाले
खेलियोस् ।
जीवन
एक गीत हो, तादात्म्य पूर्वक
गाइयोस् ।
जीवन
एक वरदान हो, विवेक सम्मत उपयोग
गरियोस् ।
जीवन
एक रहस्य हो, बुद्धिमत्तापूर्वक
उद्घाटित गरियोस् ।
जीवन
एक यात्रा हो, लक्ष्यसम्म पुग्न
अनवरत चल्दै गरियोस्।
५२) प्रसन्नता
देऊ ऊ तिम्रो हुनेछ।
५३) मान्छेको
जीवनशैली, व्यवहार, आचरण, प्रतिक्रिया गर्ने, ढङ्ग आदि भित्र बल्ने
शान्तिका बाहिर स्विच बोर्ड हुन्।
५४) शब्द
पढ्दैमा ज्ञान हुँदैन। पढेको शब्दलाई व्यवहारमा उतार्यो भने बल्ल त्यो ज्ञान
पक्का हुन्छ। ठुलो पदमा पुग्दैमा मान्छे ठुलो हुँदैन। पद अनुसार सो कर्तव्य पालन
गर्यो भने मात्रै त्यो ठुलो मान्छेमा गनिन्छ र त्यसले सुख दिन्छ।
५५) एउटै
प्रश्न छ, हामी
खोज्न जान्दैनौ कि जानेनौँ। एउटा नेत्रहीन व्यक्ति बजारतिर जाँदै थियो। उसले हातमा
लालटिन बोकेको थियो। हातमा लालटिन बोक्नुको उसको मनसाय थियो। हातमा बलेको लालटिन
देखेपछि बटुवाहरू सोच्छन् कि यो व्यक्ति दृष्टिहीन रहेछ अनि मलाई बाटो
छोडिदिन्छन्। बजारको बिचमा १ पथिकले उसलाई सोध्यो लालटिन किन बोक्नुभएको? म अन्धो मान्छे।अरूले
मलाई चिनुन् र नठोक्किउन् भनेर। यति पनि देख्नुहुन्न, उसले भन्यो। पथिक
बोल्यो दाइ कुरा त सही हो। तर लालटिन बोलेको भए हुन्थ्यो यो त निभेको परेछ। बलेको
लालटिन भएको बुझ्थे त मानिसले। बिचरा त्यो नेत्रहीन लाई के थाहा कि लालटिन बोल्दा
कस्तो हुन्छ, निभ्दा
कस्तो हुन्छ, अधिकांश
मानिस आज यस्तै हालतमा छन्। सुख शान्तिको खोजीमा सबै छन् तर दिग्भ्रमित र पथ
विस्मृति मनोदशामा।
५६) पहिला
त हाम्रो जीवनदृष्टि खोज वृत्तिले परिचालित हुनुपर्छ। खोज एक कला हो यो एक शिल्प
विज्ञान र पद्धति हो जीवनको।खोज वृत्तिको तत्त्व दर्शन बडो गज्जबको हुन्छ। भित्र
सुख बित्छ भने व्यक्ति बाहिर सुखकै खोज गर्छ। भित्र दुःख बिच छ भने बाहिर पनि
त्यसको खोज गर्छ। यसलाई सजातीय आकर्षणको नियम भनिन्छ।
·
एक
महिला बजारमा सामाग्री किन्न जाँदा उनले छाता छोडेर घर पुगिन्।फनक्क फर्किएर उनी
फेरी बजार पुगे। छाता खोज्न पहिलो दोकानमा सोधे छाता छैन, दोस्रोमा सोधे छाता
छैन, तेस्रो
पसलमा सोध्दा त्यहाँ पनि छाता पाइएन। चौथो पसलमा पुग्दा बल्ल तल्ला छाता
भेट्टाइयो। तब उनी भन्छिन् दाइ।तपाईँ मात्रै इमानदार मान्छे हुनुहुँदो रहेछ। बाँकी
सबै बेइमान कसैले पनि छाता यहाँ छ भनेर भनेनन्।बोध कथा कति सामान छ।तर यो गहन
तत्त्व दर्शनले भरिएको छ।
५७) बाँच
तर बाँच्न योग्य जीवन बाँच्छ। यस्तो जिन्दगी जिएर देखाऊ जुन आदर्श एवं अनुकरणीय
होस्। विश्वलाई एउटा यस्तो पदचिह्न छोडेर जाऊ जसलाई देखेर आगामी सन्तति आफ्नो
मार्ग प्रशस्त गर्न सकुन्। सत्य, प्रेम, न्याय आदिले जीवन भरिपूर्ण होस् दया, सहानुभूति, आत्म निष्ठा, स्वयं दृढता, उदारता जस्ता।कुरा
तिम्रो जीवनमा अङ्ग बनाउनु तिम्रो जीवन मनुष्यताको महान् गौरव अनुरूप हुनुपर्छ।
५८) उधारो
खुसीको कारोबार बन्द गरौँ।
फुल
फुल्छ, बास्ना
सँगसँगै आउँछ। बास्ना कहिल्यै उधारो हुँदैन।पानी अहिले पिउने तिर्खा पछि मर्ने
यस्तो सामान्यतया हुँदैन।सूर्य बर्तमानमा उदाउँछ भने किरण पनि सँगसँगै छरिन्छ।
यसमा पनि उधारो प्रश्नै छैन।
५९) अभि
नही तो कभी नै अहिले नगरे कहिले गर्ने मैले नगरे कसले गर्ने खुसी तथा सुख शान्तिको
उधारो कारोबार नगर्ने अभियान जारी छ जारी छ।
६०) दुख
यथार्थमा व्यक्तिको मनमा सुख बोध गर्ने कला, ज्ञान र शैलीको अभाव मात्रै हो। अरू केही होइन।
६१) सुख
र दुःख भन्ने कुरा न बाहिर छ न भित्र। न वस्तुमा छ न व्यक्तिमा। न सम्पत्तिमा छ न
दम्पतीमा। नशामा छ न सानमा छ। न सफलतामा छ न सम्पन्नतामा।
६२) इतिहास
भन्छ हिजो सुख थियो। विज्ञान भन्छ भोलि सुखको दिन आउनेछ। तर अध्यात्म विज्ञान भन्छ
मन सच्चा र दिल हल्का छ भने हरपल सुख छ। ए जिन्दगी रिल्याक्स प्लिज।
६३) स्पष्ट
रूपमा के ज्ञात हुन जरुरी छ भने खुसी कुनै अधिकारको चिज होइन।एक कला हो शैली हो र
आत्म शिल्प हो।
६४) बिहान
खुसी हुँदै उठ।राति खुसीका साथ निदाऊ।
६५) जो
गर्भदेखि चितासम्म खुसी चाहन्छ ध्यान गरोस्, ध्यान। गर्भदेखि चितासम्म खुसी नै खुसी चाहन्छौँ भने
एउटै उपाय छ, ध्यान, ध्यान, ध्यान।
६६) के
जिन्दगी स्वादिलो चाहन्छौ।
न पैतालामुनि जमिनको कमी छ।
न
टाउको माथि आकाश सानो छ।
सानो
छ त केवल खप्पर भित्रको सोच ।
सङ्कुचित
छ त केवल हृदयभित्रको बोध।
बुझ्न
सके यो एउटा खेल हो
भित्र
अल्झिनेहरूलाई यो सबै झेल हो
सानो
छ त केवल खप्पर भित्रको सोच
खोल्यो
जसले हृदयको ताला,हुनेछ त्यहाँ मोजै मोज।
६७) खल्तीमा
नोट भर्नेहरू नै पानी पर्दा डराउँछन्।
ढ्याकेमा
काम चलाउनेहरू भिज्दा पनि रमाउँछन्।
यात्राको
स्वाद लिने हो? साथमा
सामान थोरै राख ।
जिन्दगी
स्वादिलो चाहन्छौँ? दिलमा कामना थोरै राख।
६८) विवाह
एक जुवा हो जसमा पुरुषले आफ्नो स्वतन्त्रता र स्त्रीले आफ्नो प्रसन्नता खालमा
थापेर जिन्दगी काट्नुपर्ने हुन्छ।
६९) तुलसी
दास गोस्वामी – बन्नुअघि अत्यन्तै पत्नी लम्पट थिए। हर पल हर क्षण आफ्नी पत्नीसँग
प्रणय वासनामा लिप्त रहन्थे।उनको स्त्री लम्पटता यति धेरै थियो की पत्नी स्वयंलाई
अत्यन्त लज्जा हुन्थ्यो। लोग्नेको यस्तो वासना शक्ति देखि वाक्क भएर उनको मुखबाट
यस्तो बचन निस्कियो। हे पतिदेव तपाईँ मप्रति जति लम्पट हुन्छ त्यति नै श्रद्धा
समर्पण श्री राम का खातिर भइदिए कस्तो हुन्थ्यो। उनको वाणी अत्यन्तै प्रति फलित
हुन थाल्यो। जे जति वासना र
लम्पटता तुलसीदासको आफ्नो धर्मपत्नी प्रति थियो त्यो भगवान् श्रीरामको भक्ति मा
रूपान्तरित भयो। श्री राम भक्तिको उत्कर्षले अन्ततः उनले रामचरित्रमानस लाई जन्म
दिए।
७०) संसारकै
खुसी व्यक्ति मिथुन रिचार्ड को खुसी हुने ५ मन्त्र।
क) प्रत्येक
बिहान १ देखि २ मिनेट आँखा तन्काएर पहेँलो वस्तु हेर्नुहोस्।
ख) हरेक
घण्टा १० सेकेन्ड कृतज्ञताको अभ्यास गर्नुहोस्।
ग) तपाईँको
सबैभन्दा प्रिय व्यक्तिको हाँसेको फोटो १ मिनेटसम्म हेर्नुहोस्।
घ) घण्टा
घण्टामा हाँस्नुहोस् र बनावटी हाँसो भए पनि हाँस्नुहोस्।
ङ) चकलेट
प्रकृतिका वनस्पतिबाट प्राप्त चिज खानुहोस्।चकलेट उक्त उपलब्ध नभई सख्खर, गुँड, खजुर ,उखु, मह किसमिस विकल्प हुन
सक्छ।
७१) आनन्द
भुल्नु नै त रोग हो। आनन्द बिर्सनु नै त बिरामी हो।
७२) जो
बाहिर पनि हेर्न जान्दैन र भित्र घुम्न पनि जान्दैन। उसका लागि बाहिर पनि दुख्छ
भित्र पनि दुख्छ।
७३) दृष्टिमा
प्रज्ञा स्मृति मा समाधि र आजीविकामा शिल्प आउनासाथ बाहिरभित्र सर्वत्र आनन्दै
आनन्द प्रतीत हुन्छ।
पुस्तकमा रिल्याक्स हुने ३५ सानदार सूत्रहरू प्रयोगात्मक छ। प्राकृतिक तथा प्रयोग गर्न सजिला खालका छन्। पुस्तकमा बारअनुसारको मनस्थितिहरूको विकास, महान् खुसी हुने विधि हाम्रै लागि हो। यसमा ध्यानका विधिका बारेमा भनिएको छ। आफूलाई उपयुक्त लाग्ने, सजिलो लाग्ने एक विधि छान्नुहोस् र प्रयोग गर्नुहोस्। बार्हैमास खुसी महिना अनुसार खुसी र उत्सव मनाउने तौर तरिका वा मनस्थिति विकासमा लेखक जोड दिनुहुन्छ ।
अन्त्यमा
जे भएपनी हामी खुसी हुनका लागि जन्मेका हौ । यो है हाम्रो अन्तिम विकल्प हो।
हामीले गर्ने हरेक कर्म पनि खुसीकै लागि हो । पुस्तक आदर्श जीवन जिउन चाहने हरेकका
लागि आदर्श मार्ग दर्शक बन्ने छ ।
धन्यवाद।




.jpeg)
0 Comments