profile

profile
Hom Nath Timalsina ( Manavsewa )

“दुखका पहाडबाट – सुखका समुद्र सम्म” स्वस्पर्श - डा नवराज के.सी

 “दुखका पहाडबाट – सुखका समुद्र सम्म”                                                स्वस्पर्श    - डा नवराज के.सी  

स्व आफू, म र स्पर्श छुनु, महसुस गर्नु, बुझ्नु या भनौँ बोध गर्नु। आफूले आफूलाई अनुभूति गर्नु। तिन अक्षारको शब्द स्वस्पर्श ले सगरमाथाको उँचाइ जति, सागरको गहिराई र पानी जति, एक भूगोल, एक बम्हाण्ड जति अर्थ बोकेको छ। भावना बोकेको छ।

मानिसको स्वभाव के हुने रहेछ भने आफूले भोगेको दुख सबै भन्दा बढी र आफूले पाएका चुनौतीको पहाड सबै भन्दा ठुलो हुने रहेछ। त्यसैले डा. नवराज केसीले आफूले आफूलाई चिनेका र दुखचाल्नोले दुख चालेर सुख भन्दा पनि खुसीमा जीवन खोजेकाहरूको कथा लाई स्वस्पर्श पुस्तक मार्फत आम पाठकलाई सन्देश दिन खोज्नु भएको छ।

लेखकले आफूलाई स्पर्श गरेका पात्रलाई कथामा उतार्नु भएको छ। र पात्रहरूले पनि आफूलाई स्वस्पर्श गरेका छन्। पारिजात रातमा फुलेर दिनभर सुगन्ध दिन्छ र भन्दैने मैले किन रातमा मात्र फुल्नु पर्ने? यस्तै कथा छन् स्वस्पर्शमा छन्।

मेरा नजरले पुस्तकलाई नियाल्दा,

कथा: हामीले प्रेरणाका कथामा विल गेट्सको जीवनी, मदर टेरेसाको जीवनी, थोमस एडिसनको जीवनीलाई लिने गरेका छौ। लेखकले यो पुस्तक मार्फत यस्ता कथा र पात्रलाई प्रस्तुत गर्नु भएको छ जुन कथा र पात्र साँच्चिकै प्रेरणाका लायक छन्। दुख र गरिबिको चपेटामा जन्मेर पनि सुखानुभूतिको वायुमा आफूलाई समाहित गरेर जीवन व्यतीत गरिरहेका पात्रहरूले आफूलाई चिनेका छन्, महसुस गरेका छन्। जानेर नजानेर स्वस्पर्श गरेका छन्। लेखकले साँच्चै स्वस्पर्शलाई न्याय गरेका छन्। यो दुख देखाउने कथा नभएर सुख बुझाउने कथाहरूको सङ्ग्रह हो। दुखका पहाड बाट सुस्त सुस्त  सुखका  समुन्द्रमा पुगेकाहरूको कथा छन्। मेरो दुख ठुलो छ भनेर आफूलाई त्याग्न तयार भएकाहरूलाई, आफूलाई चिन्न नसकेकाहरूलाई स्वस्पर्श गर्ने छ।

 

शब्द: बुद्ध, विज्ञान र बुद्धु, दुखचाल्नो, बिउ खुसी, एक मुठ्ठी खुसीमा व्याज, अनुहार ऐना, भइमान्छे, मानव मस्तिष्कको जिम खाना, स्वशिष्य, स्वशिक्षक, स्वनिर्माण, भुरुरु जिन्दगानी जस्ता अनेकौँ सुन्दा आफ्नै पनि लाग्ने र नयाँपन का शब्दहरूले सजिएका छन् कृति। शब्दहरूको छनोटले पनि स्पर्श गरेको छ।  

 

खोज: लेखकले कथामा आफूलाई खोजेका छन्। आफूलाई स्पर्श गरेका छन्। यस्ता यस्ता पात्र खोजेका छन् की वास्तवमा कथा कथा जस्तै छ। किंवदन्ती जस्तै, कल्पनाका कथा जस्तै। हामीले कल्पना गरीपने यी कथा वास्तविक र जीवित छन्। लेखकले जीवनमा खुसी हुनका लागि धनको  धनी नै हुनु पर्दैन मनको धनी भए पुग्ने कुरा गरेका छन्। विज्ञानले र वर्षौँ देखीको खोजले मानिस किन खुसी हुन्छ? खुसी हुनका लागि के  चाहिन्छ ? हामी कसरी खुसी हुन सक्छ ? भन्ने अन्वेषणको आफ्नै तरिका अपनाउनु भएको छ। अन्य खोजलाई पनि प्रस्तुत गर्नु भएको छ।

पुस्तकले दिन खोकेको सन्देश पुस्तक बाट,  

·       दुख सबैको आफ्नै आफ्नै हुन्छ। दुखचाल्नोले चाल्न सक्नु पर्छ।

 

·        एउटा कथा मान्छेका लागि सामान्य जानकारी मात्र होइन, प्रेरणा पनि बन्न सक्छ। विश्वास बन्न सक्छ। धर्म बन्न सक्छ। र, बन्न सक्छ राष्ट्र पनि।

 

·        जिद्दी गरेर आफ्नो जीवनमा उज्यालो मात्र देख्ने मानिस सायद दुनियाँकै चम्किलो मान्छे हुन्छ। हरेक मानिस सकारात्मक सोचले भरिएरै जन्मिएको हुन्छ। नभए सिक्न सक्छ। हराएकाले फेरी भेटाउन सक्छन्। भेटाएकाले बढाउन सक्छन्। सकारात्मक सोच वरदान होइन कला हो। सिक्न सकिन्छ , बढाउन सकिन्छ।बस् जिद्दी हुनुपर्छ। आफ्नो जीवनको उज्यालो हेर्ने जिद्दी बोकेको मान्छे एक दिन आफ्नो जीवनको आफै चन्द्र सूर्य बन्न सक्छ। 


·   निराश शब्दहरूको निरन्तर प्रयोगले आफैभित्र निराश पथलाई बलियो बनाउँछ, आशा बादी शब्दहरूको प्रयोगले समस्यामोचक्।  

 ·       मान्छे जीवित भएकाले दुःखी होइन, जीवित रहन नै दुःख चाहिने रै’छ; हाम्रो शरीरले दुखलाई सुखभन्दा धेरै गुणा ग्रहण र महसुस गर्दो रहेछ भन्ने कुरा!

 ·       खानाको स्वाद परिकारअनुसार फरक होला; भोकको स्वाद समस्त प्राणीको एउटै हुन्छ।

 ·       दिन नसकेको र बाँड्न नसकेको खुसी अपुरो हुन्छ, जुन दिन-बाँड्न सकिन्छ, सोच्नु-खुसी पूर्ण भयो। जीवनले पूर्णता पायो।

 ·      मर्नुअघीको अन्तिम फोटो चाहिँ मुस्कान भिरेको, हाँसो छिरेको, इन्द्रेणी झैँ रङ्गिन अनि उज्यालो हुनुपर्छ । ·      सपना र सफलताको आकारभन्दा सङ्कल्प र सङ्घर्षको गहिराई अधिक अर्थपूर्ण हुँदो रहेछ।

 ·       वास्तवमा अप्ठ्यारो समय पार गरेको आफूभित्रको आफू हरेक मानिसको सबैभन्दा ठुलो प्रेरणा हो। आफूलाई बोकेर जिउनुपर्छ; आफै आफ्नो प्रेरणा बन्न सिक्नुपर्छ।

 

बाँकी पुस्तकमा पढ्नुस् है।

धन्यवाद।

 

 

Post a Comment

0 Comments