profile

profile
Hom Nath Timalsina ( Manavsewa )

चाणक्यका मन छुने भनाईहरू !!!

 यदि मुक्ति चाहन्छौ भने विषयहरूलाई विषझैँ छाडिदेऊ तथा सहनशीलता,सरलता, दया, पवित्रता र सत्यतालाई अमृतझैँ पिऊ।


सबै औषधिमा अमृत, 
सबै सुखमा भोजन, 
सबै इन्द्रियमध्ये आँखा, 
र सबै  अङ्गमा शिर श्रेष्ठ छ । 



दान गर्ने, 
मिठो बोल्ने, 
धैर्यता र ठिक कुरो ठम्याउने- मानिसका यी चार सहज गुण अभ्यासले पाइँदैनन् । 

निश्चय नै दुर्जनलाई अनेक प्रकारले सिकाए पनि त्यसमा साधुता (असल गुण) आउँदैन । निमको रुखलाई दुग्ध र घिउले सिञ्चन गरे पनि त्यसमा मधुरता आउँदैन । 

काम , क्रोध, गुलियो वस्तु, शृङ्गार, खेल , धेरै निन्द्रा र धेरै सेवा - यी आठ कुरालाई विद्यार्थीले छोडिदेओस् । -चाणक्य 

Post a Comment

0 Comments