भरि पेट हजार समस्या,
म त्यही एक समस्यामा रुपलीरहेछु,
पेट भर्ने अनेक उपाय खोजीरहेछु,
काम खोज्छु भेट्दिन ?
मागेर कतिदिन खानु,
चोरेर के जीवन चलाउनु,
त्यही चोक अनी गल्लिमा कती डुल्नु,
अनी फेरी के गर्ने डुलेर पेट भरिन्न,
त्यसैले पेट भर्ने अनेक उपाय खोजी रहेछु।
एक दिन भेटिन , दुई दिन भेटिन, दिन महिना बनिसक्यो,
डुल्ने हिड्ने बानी बसिसक्यो तर काम भेटिन,
बरू, अपमान भेटिन्छ, तिरस्कार भेटिन्छ,
स्वाभिमानलाई दाउमा राखेर माग्यो भने ५-१० रुपैया भेटिन्छ।
त्यहि ५-१० रुपैयाको बरू रक्सि भेटिन्छ अनी थकान मेटिन्छ,
अनी भोको पेट भर्ने उपाय खोजीन्छ।
रक्सिले लठिएपछी रक्स्याह भैयो।
रक्स्याहलाई कसले काम दिने।
न काम, न दाम अनी कसले कोठा दिने,
अनी सडकमा नबसेर के गर्ने।
काम नभएपछी गोजीमा दाम भएन,
गोजीमा दाम नभए पछी घरमा जाने आट भएन,
घरकालाई पनी बेकम्मालाई खोज्ने कुनै रहर थिएन,
त्यसैले सडकमा बस्ने बाध्यता बन्यो ।
जति खोजे पनी भोको पटे भर्ने उपाय बनेन।


0 Comments